एमालेको जरा अभियानमा मुक्ति समाजले ३५ हजार सदस्य बनाउने
महेन्द्रनगर–सत्तारुढ एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाजले ३५ हजार सदस्य बनाउने लक्ष्य लिएर तीन महिने जरा अभियानमा होमिएको छ । एमाले केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुरमा एमाले र एमाले सम्बद्ध सबै जनवर्गीय संगठन तीन महिने जरा अभियान सञ्चालन गरि रहेका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरका अध्यक्ष राजेन्द्र आग्रीले तीन महिने जरा अभियान अन्र्तगत जिल्लाभर मुक्ति समाजले पार्टी कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन गरेको जानकराी दिनुभयो ।
अध्यक्ष आग्रीका अनुसार जरा अभियान अन्र्तगत जिल्लाभर समाजका ३५ हजार सदस्य बनाउने लक्ष्य छ । ‘३५ हजार सदस्य बनाउने लक्ष्य लिएर अभियानमा लागेका छौ’ उनले भने, यस अन्तर््गत जिल्लाको ९ ओटै पालिका बैठक तथा ९२ वटै वडा सम्मेलन तीव्र रुपमा गरि रहेका छौ ।’
अभियानका लागि पालिकाका सबै कमिटी परिचालन गरिएका छन् । पार्टी सदस्यता नविकरण, थप सदस्य वितर...




















