स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातापछि संक्रमणको गति घट्न सक्ने बताएका छन । अहिले फैलिएको नयाँ भेरिएन्ट संक्रामक र घातक भएको बताउँदै मन्त्री त्रिपाठीले मानवीय आवतजावत भैरहेको र केही कार्यालय खुलै भएकाले संक्रमण घट्न नसकेको बताए ।
सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको जानकारी दिँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई कडाइ गर्नुपर्ने बताए ।सरकारले कोभिड-१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको मन्त्री त्रिपाठीले जनाए ।
बैशाख महिनामा मात्र उपचारका लागि ४५ करोडको शोधभर्ना गरिएको समेत उनले जनाए ।स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अपेक्षारुपमा संक्रमण दर घट्न नसकेको बताए । बिरामीको संख्या बढिरहेको जनाउँदै उनले काठमाडौंमा संक्रमण घटेपनि तुलनात्मकरुपमा घट्न नसकेको जनाए । ‘संक्रमण अझैपनि समुदायमै छ’ उनले भने ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।