Advertisement

मन्त्री भण्डारीद्धारा दोधारा चादनीमा निर्माणाधिन सुख्खा बन्दरगाहको शिलान्यास र जग्गा क्लिरेन्स हस्तान्तरण कार्य चाडो गर्ने प्रतिबद्धता

महेन्द्रनगर–उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामुदर भण्डारीले देशकै राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिईएको निर्माणाधिन दोधारा चादनी सुख्खा बन्दरगाहको एकैपटक शिलान्यास र जग्गाको क्लिीरेन्स हस्तान्तरण गर्ने प्रक्रियालाई चाडोभन्दा चाडो गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री भएपछि तेस्रोपटक सुख्खाबन्दरगाहको अनुगमन तथा अवलोकनको क्रममा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता जनाएका हुन् । ‘मन्त्राल र सरकारले यसलाई विशेष महत्वको आयोजनाको रुपमा लिएको छ,’ उहाँले भन्नुभयो, ‘एकै पटक हामी शिलान्यास र घरजग्गाको क्लिरेन्स गरेर हस्तान्तरण गर्ने प्रक्रियालाई चाडोभन्दा चाडो अगाडि बढाउने प्रतिबद्धता जनाउछु ।’

 

दोधाराचादनी सुख्खाबन्दरगाह तेस्रो मुलुकमा निर्यात गर्ने पोर्टको रुपमा विकास गरीनेसमेत मन्त्री भण्डारीले बताएका छन् । उहाले यसकालागि कर्मचारीस्तरमा भारतीयपक्ष र नेपाली पक्षविच कुराकानी भई राजनितिक रुपमा पनि छलफल भएको बताउनुभयो । ‘हामी खासगरीकन भारतको गुजरात प्रदेशको धमरापोट र मुद्रापोर्ट दुईटापोर्टसंगको कनेक्टीभिटिका लागि लागेकाछौ,’ उहाँले भन्नुभयो, ‘बिभिन्न चरणमा भारतीय पक्ष र नेपाली पक्षको सरकारी स्तरमा र राजनितिक रुपमा पनि छलफल भएको छ ।’
सुख्खाबन्दरगाहको विषयलाई प्राथमिकतामा राखेर भारत भ्रमण गरीने समेत उहाले बताउनुभयो । ‘संम्भवतः अवको भ्रमणमा यो विषयलाई हामी प्रमुखताका साथ उठाउछौ,’ मन्त्री भण्डारी भन्नुभयो, ‘सरकारले विषेश महत्व दिएर यो विषय उठाउछ ।’

 

दुई पोर्ट पाउने कुरामा नेपाल सरकार आशावादी रहेको समेत उहाले बताए । त्यसकालागि समेत थुप्रे चरण्मा गृहकार्य भएको दावि उहाँले गर्नुभयो । ‘दुईकोट पाउने कुरामा नेपाल सरकार आशावादी छ,’ अवलोकनको क्रममा उहाँले भन्नुभयो, ‘यसको थुप्रै चरणमा गृहकार्य भाछ व्याकडोर छलफल पनि अगाडि बढेको छ ।’

 

दोधारा चादनी सुख्खा बन्दरगाह निर्माण भएपछि तेस्रो मुलुकसंगको नेपालको आयातनिर्यातमा सुधार हुने भएकाले सरकारले महत्वदिएर यसको निर्माण गर्न लागेको उहाँले बताउनुभयो । यो सुख्खा बन्दरगाह संञ्चालनमा आएमा सुदूरपश्चिममात्रै नभई देशकै विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरीएको छ ।

 

तेस्रो मुलुकसंगको व्यपारका लागि सबैभन्दा छोटो दुरीमा पर्ने भएकाले यो सुख्खा बन्दरगाह लाई निर्यात गर्ने पोर्टमध्ये महत्वपूर्णरुपमा हेरीएको छ । यसपोर्टबाट आयातनिर्यात गर्दा ट्रान्सपोर्टेसनमा २०देखि ४५ दिनको दुरी रहने अनुमान गरीएको छ ।

रुख कटान लगायतका विभिन्न कुरामा सहयोग गर्ने स्थानीय सरकारका प्रमुख, स्थानीय प्रशासनलगायत सरोकार राख्ने मिडियालाई समेत मन्त्री भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो । सुख्खा बन्दरगाहको निर्माणले सुदूरपश्चिम प्रदेशको व्यपार, उद्योगमा महत्वपूर्ण अर्थ राख्नेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज