नयाँ खबर
महेन्द्रनगर–बाजुरको बांका बजारमा आगलागि हुदा करोडौ मुल्य बारावरको क्षति भएको छ । शुक्रबार दिउसो जिल्लाको बुढिंगा नगरपालिका वडा नं. ६ स्थीत बाम्का बजारमा भिषण आगलागि हुदा अढाई करोड बरावरको क्षति बभएको हो ।

आज दिउसो चार बेजेको समयमा होटेलमा खाना पकाउने ग्यास सिलिंडर पड्किएर आगलागि भएको स्थानीय मोहन सेरालाले जानकारी दिए ।

उनका अनुसार बजारका ६०र७० पसल आगलागि भएर पूर्णरुपमा क्षति भएको छ । सडकको एक साईडका सवै पसल जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । आगलागि हुदा अढाई करोड बरावरको क्षति भएको हुन सक्ने अनुमान गरीएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरका अनुसार आगलागि भएपछि प्रहरी टोली आगो नियन्त्रणमा प्रयास गरीरहेको छ तर आगलागि नियन्त्रणभन्दा बाहिर गईसकेको छ । थप जानकारी आई नसकेको पनि बाजुर प्रहरी कार्यालयले जनाएको छ ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।