Advertisement

Day: २४ जेष्ठ २०८२, शुक्रबार

बाजुराको बाम्का बजार जलेर नष्ट

बाजुराको बाम्का बजार जलेर नष्ट

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–बाजुरको बांका बजारमा आगलागि हुदा करोडौ मुल्य बारावरको क्षति भएको छ । शुक्रबार दिउसो जिल्लाको बुढिंगा नगरपालिका वडा नं. ६ स्थीत बाम्का बजारमा भिषण आगलागि हुदा अढाई करोड बरावरको क्षति बभएको हो । आज दिउसो चार बेजेको समयमा होटेलमा खाना पकाउने ग्यास सिलिंडर पड्किएर आगलागि भएको स्थानीय मोहन सेरालाले जानकारी दिए । उनका अनुसार बजारका ६०र७० पसल आगलागि भएर पूर्णरुपमा क्षति भएको छ । सडकको एक साईडका सवै पसल जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । आगलागि हुदा अढाई करोड बरावरको क्षति भएको हुन सक्ने अनुमान गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरका अनुसार आगलागि भएपछि प्रहरी टोली आगो नियन्त्रणमा प्रयास गरीरहेको छ तर आगलागि नियन्त्रणभन्दा बाहिर गईसकेको छ । थप जानकारी आई नसकेको पनि बाजुर प्रहरी कार्यालयले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज