Advertisement

दुई पटक वडा सदस्य निर्वाचित डल्लीदेवी कक्षा एकमा भर्ना

महेन्द्रनगर –कञ्चनपुरकी एक जनप्रतिनिधि कक्षा १ मा भर्ना भएकी छिन् । जिल्लाको लालझाडी गाँउपालिका–१ की वडा सदस्य ५२ वर्षीया डल्लीदेवी चौधरी गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएकी हुन् । उनी नेकपा माओवादी केन्द्रबाट ०७४ र ०७९ मा वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन ।

सानै उमेरमा विहाबारी गरेकी डल्लीदेवी घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण अध्ययन गर्नबाट बञ्चित भईन् । विस २०५२ सालमा विवाह बन्धनमा बाँधिएकी डल्लीदेवीको पढ्ने रहर तिव्र भएपनि घरगृहस्थीमा व्यस्त भएका कारण उनको पढ्ने सपना सपनामै सिमित भयो ।

आफ्नो विगत सम्झैदै डल्लीदेवी आफ्नो कथा यसरी सुनाईन्, ‘म सानै हुँदा बुबा मालिकको घरमा हलिया थिए, आर्थिक अवस्था पनि कमजोर थियो । दैनिक हातमुख जोर्न समस्या थियो,’ उनले भनिन्, ‘मैले माईती घरमा पढ्नै पाइन, त्यसपछि विवाह नै भईहाल्यो, ०७४ को पहिलो निर्वाचनमा वडा सदस्य जितेँ नपढेकै कारण दोस्रोपटक पनि वडा सदस्य नै रोज्नुपर्ने भयो।’
जनप्रतिनिधि भएपछि पढाईको महत्व थाहा पाएको र विद्यालय भर्ना भएको उनी बताउँछिन् । ‘जनप्रतिनिधि भएपछि पढाईको महत्व थाहा पाए,’ उनले भनिन् ‘अव त नपढि छोडिदैन भनेर नै कक्षा एकमा भर्ना भए ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज