Advertisement

रेडक्रस सोसाईटी उपशाखा दोधाराद्धारा विपन्नलाई कम्वल

पप्पु गुरुङ्ग, दोधारा । शित लहर संगै जाडो बढदै गएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपन्नलाई न्यानो कम्बल (ब्लेङकेट) वितरण गरिएको छ् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको आयोजनामा र दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयको आर्थिक सहयोगमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६ देखि १० वडा सम्मका विपन्न, असाहय, आपांगता भएका २५ जना घरपरिवारहरुलाई छनौट गरि कम्वल बितरण गरिएको नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाका शाखा सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । जाडो बढे पछि समस्यामा परेको अति विपन्न परिवारलाई राहत दिने उद्देश्यले न्यानो कम्वल बितरण गरिएको नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाको सेवा क्षेत्रमा रहेको वडाहरुमा बिगत लामो समय देखि रेडक्रस उपशाखाले जाँडोको समयमा विपन्न घरपरिवारलाई राहतको लागी कम्बल बिरतण गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– १० का वडा अध्यक्ष चन्द्र बहादुर सिंहले रेडक्रस उपशाखाले आफ्नो सेवा क्षेत्रमा बिगतका दिनहरु देखि मानविय कार्यमा राम्रो सहयोग गर्दै आएको बताउनुभएको छ् ।

रेडक्रस शाखाले कोरोना संक्रमण, बाढी आएको बेला लगाएत विपद्को समयमा मानविय कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभएको छ् । सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले जाँडोको बेला विपन्न समुदायका घरपरिवारलाई न्यानोको लागी कम्वल बितरण गरिएको कार्य रचनात्मक रहेको बताउनुभएको छ् । रेडक्रस सोसाईटी उपशाखाको रचनात्मक कार्यले जाडोयाममा केही बिपन्नहरुले राहत पाएको उहाँले बताउनुभयो । विपन्नहरुलाई कम्वल बितरण कार्यको आयोजना गर्ने तथा सहयोग गर्ने वडा नं. १० वडा कार्यालयलाई बिशेष धन्यबाद दिदै सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर रानाले आगामी दिनहरुमा रेडक्रस साईटी दोधारा उपशाखाले संचालन गर्दै रचनात्मक क्रियाकलापमा प्रदेश सरकार सदा सहयोग रहने बताउनुभयो ।

चिसो अत्यधिक बढेका बेला न्यानो कम्बल पाए पछि विपन्नहरु खुशी बनेका छन् । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी, दोधारा चाँदनी नगरपालिका– १० का वडा सदस्य चन्द्र बहादुर सिंह, वडा सदस्य कमला उपाध्याय, लगाएत रेडक्रसकर्मी, स्थानियबासीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज