Advertisement

दोधारा चाँदनीमा सात दिने ‘गुडिया बनाउने तालिम’ सम्पन्न

दोधारा । ‘सिप सिकौं, आत्मनिर्भर बनौं’ नारा सहित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सात दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको आयोजना र नेपाल सरकार बाणिज्य तथा आपुर्तीमन्त्रालयको गरिबी निवारणको लागी लद्युउद्यम बिकास अन्तर्गत महिलाहरुलाई सात दिने गुडिया बनाउने तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्ट जोशीले जानकारी दिनुभएको छ् । बेरोजगार महिलाहरुलाई रोजगार बनाउने उद्धेश्यले दोधारा चाँदनी नगरपालिका– १ वडामा रहेका महिलाहरुलाई सात दिने गुडिया बनाउने तालिम सम्पन्न गरेको सहजकर्ता जयन्ती चन्दले बताउनुभयो । वडा क्षेत्रमा बसोबास गर्ने २५ जना महिलाहरुलाई तालिमका सहभागी गराईएको सहजकर्ता जयन्ती भट्ट जोशी बताउनुभएको छ् ।

महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन उनीहरुको हातमा सीप, मनमा जिज्ञासा भर्नु आवश्यक रहेको उहाँको भनाई रहेको छ् । महिलाहरुलाई सवल बनाउन वडा कार्यालयले बिभिन्न कार्यक्रम गर्दै आएको दोधारा चाँदनी नगरपालिका– १ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष कृष्ण दत्त भट्टले बताउनुभएको छ् । महिलाहरुलाई आत्मनिर्भर बनाउन दोधारा चाँदनी नगरपालिकाले सीपमूलक गुडिया बनाउने तालिम सञ्चालन गरी महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन प्रयास गरेको वडा सदस्य कृष्ण दत्त भट्टले बताउनुभयो । महिलाहरु एकजुट भए मात्र महिला हिंसा समाप्त पार्न नसकिने भनाई राख्दै वडा सदस्य कृष्ण दत्त भट्टले महिला सशक्तीकरण हुनलाई आर्थिकरुपले आत्मनिर्भर हुन जरुरी रहेको बताउनुभयो ।

सीप मार्फत महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिने उहाँको भनाई रहेको छ् । समापन कार्यक्रममा महिलाहरुले सिकेर बनाइएका गुडियाहरु प्रदर्शन गरिएका थिए । अहिलेको महिलाहरु आफ्नै पौरखमा मिहिनेत गरेर घरमै बसेर पनि आफ्नो आर्थिक पक्ष सुधार गर्न सकिन्छ भन्ने उदाहरणको लागि र आफ्नो श्रीमानको मात्रै भर पर्नु पर्ने अवस्थालाई सुधार्दै महिला दिदी बहिनीको अवस्थालाई विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज