दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बित्तिय साक्षरता तथा मकर सक्रान्ती स्नान (माघी मिलन) कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ मा रहेको सृजना बचत तथा ऋण सहकारी संस्थाले बित्तिय साक्षरता तथा मकर सक्रान्ती स्नान (माघी मिलन) कार्यक्रम सम्पन्न गरेको संस्थाका सचिव मथुरा पन्तले बताउनुभएको छ् । महाकाली नदीमा स्नान गरि संचालन भएको बित्तिय साक्षरता तथा मकर सक्रान्ती स्नान (माघी मिलन) कार्यक्रममा संस्थाका शेयर सदस्य, जनप्रतिनिधीहरुले देउडा नाचमा सहभागी भएका थिए । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगउपप्रमुख गंगा देबी जोशी, पुर्व नगर उपप्रमुख चिनी गिरी, सृजना बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, शेयर सदस्य लगाएत स्थानियबासीहरुको बाक्लो सहभागिता रहेको सहकारी संस्थाका सचिव मथुरा पन्तले बताउनुभयो ।
वित्तीय साक्षरताको महत्व दैनिक जीवनमा वित्तीय व्यवस्थापनको भूमिका, वचत र लगानीको महत्व, भविष्यको सुरक्षाका लागि बचत र सही ढंगले लगानी गर्ने तरिकाहरु, ऋण र खर्च व्यवस्थापन लगाएत बित्तिय साक्षरता कक्षा समेत जानकारी गराईएको सहकारी संस्थाका सचिव मथुरा पन्तले बताउनुभएको छ् । कार्यक्रममा रैथाने खानाहरुको प्रवद्र्धन गरिएको थियो । कार्यक्रमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले माघी मिलनको अवसरमा सबैलाई शुभकामना ब्यक्त गर्दै माघे सङ्क्रान्ति सबैको साँझा पर्व भएको उल्लेख गर्दै पर्वले भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको बताउनुभएको छ् ।
माघी साँझा पर्व भएकाले यसले मौलिक कला संस्कृति संरक्षण गर्न सहकारी संस्थाले महत्वपुर्ण भूमिका खेलेको दोधारा चाँदनी नगरपालिका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बित्तिय साक्षरता तथा मकर सक्रान्ती स्नान (माघी मिलन) कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिदै जानेमा आफु बिश्वस्त रहेको उहाँको भनाई रहेको छ् ।
कार्यक्रममा सहकारी संस्थालाई सहयोग गर्ने तथा कार्यक्रमा उपस्थित देउडियाहरुलाई समेत प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको सहकारी संस्थाले जनाएको छ् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।