Advertisement

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको पहिलो दिन दोधारा चाँदनीमा बिभिन्न जनचेतनमुलक कार्यक्रम

पप्पु गुरुङ्ग, दोधारा । लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको आज पहिलो दिन कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मोटर साईकल र्‍याली र सन्देशमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुलाई समेट्ने गरि सन्देशमुलक मोटरसाईकल र्‍याली संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । उक्त सन्देशमुलक मोटरसाईलक र्‍यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी, महिला वालवालिका शाखाका कर्मचारी, माईती नेपाल कञ्चनपुर लगाएत सरोकारवालाको सहभागिता रहेको थियो । ‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागी ऐक्कबद्धता’ नारा सहित सन्देशमुलक मोटरसाईकल र्‍याली संचालन गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानमा वडा तथा टोलगतरुपमा बिभिन्न जनचेतनामुलक कार्यक्रम गरिने कार्यक्रम रहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । सयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालमा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने भएबमोजिम दोधारा चाँदनी नगरपालिकाले पनि बिगतका दिनहरु देखि लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा बिभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

कार्यक्रममा सहभागी माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा व्यापक जनचेतनामुलक कार्यक्रम संचालन गर्ने र लैगिंक हिंसा हुन नदिन स्थानिय सरकार संग समन्वय गरि बिभिन्न कार्यक्रम तय गरिएको बताउनुभएको छ् । १६ दिन भित्रै अन्तरक्रिया, अनुशिक्षण, प्रचारप्रसार लगाएत कार्यक्रम रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।

लैगिंक हिंसाको पहिलो दिन सन्देशमुलक मोटरसाईकल र्‍याली संगै अन्तरक्रिया लगाएत बृहत हस्ताक्षर संकलन कार्य गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।

लैगिंक हिंसा बिरुद्ध १६ दिनमा बिभिन्न जनचेतनामुलक कार्यक्रम र अन्तिम दिन दिप प्रज्वलन गरि अभियानको समापन गरिने कार्यक्रम रहेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज