Advertisement

दोधारा चाँदनीका बाढी प्रभावित बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी ग्रस्त सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई अक्सफाम र निड्स नेपालद्धारा शैक्षिक सामग्री बितरण सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको मालिका आधारभुत बिद्यालय, कालिका आधारभुत बिद्यालय र पुर्णा आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको निड्स नेपालको विपद् प्रतिकार्यको लागी सिघ्र लाभ परियोजनाका फोकल पर्सन बिनोद कडाराले जानकारी दिनुभएको छ् । विपद् प्रतिकार्य तथा पुन : लाभ कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा रहेको मालिका आधारभुत बिद्यालय, कालिका आधारभुत बिद्यालय र पुर्णा आधारभुत बिद्यालयका ३ सय ३ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको फोकल पर्सन बिनोद कडाराले बताउनुभएको छ् ।

गत असार २२ गते देखि २४ गते र त्यस पछि आएको अविरल वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको बाढीको कारण बिद्यार्थीहरुको कापी, किताव लगाएत शैक्षिक सामग्री बगाएको, भिजेको कारण उनिहरुको शैक्षिक अवस्थालाई सुधार गर्न शैक्षिक सामग्री बितरण गरिएको उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगर क्षेत्रमा विपद् आईपरेको अवस्थामा निड्स नेपाल लगाएत गैरसरकारी संस्थाहरुले सदा सहयोग गर्दै आएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बतानुभयो ।

अक्सफाम र निड्स नेपालले बिगत देखि नगर क्षेत्रमा गर्दै आएको सहयोग र विशेष गरि बाढी आएको बेला र त्यसपछिका दिनहरुमा बाढीपिडितहरुको दैनिकी सामान्य बनाउन निड्स नेपालले गरेको सहयोग प्रशंसनिय रहेको वडाध्यक्ष सुनारले बताउनुभयो । शैक्षिक गुणस्तर सुधारको लागी संस्थाले गरेको सहयोग अतुलनिय रहेको उहाँले बताउनुभएको छ् ।

संस्थाले विपद् व्यवस्थापन तथा मानविय सहायताका लागि नगर क्षेत्रमा महत्वपुर्ण काम गर्दै शैक्षिक सामग्री बितरण कार्यक्रममा बक्ताहरुले बताएका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज