Advertisement

एकिकृत नमूना वस्ती निमार्णको लागी दोधारा चाँदनीमा सर्वपक्षिय बैठक

कञ्चनपुर ।  कञ्चपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई एकिकृत नमुना बस्ती निमार्णको बारेमा सर्वदलिय, सर्वपक्षिय बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडितहरुलाई नजिकै रहेको अग्लो जग्गामा एकिकृत नमुना बस्ती निमार्ण गरि उनिहरुलाई बसोबास गराउने बिषयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका राजनितिक दल, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, स्थानियबासी लगाएत सरोकारवाला बिच छलफल गरिएको छ् । पटरा खल्लाका २७ बाढीपिडित घरपरिवारको लागी नेपाल सरकारले अस्थायी घर निमार्णको लागी रु. २५ हजारका दरले दुई किस्तामा रु. ५० हजार प्रदान गरिने निर्णय भएसंगै पहिलो किस्ता रु. रु. २५ हजार रकम उनिहरुले प्राप्त गरिसकेका छन् । त्यसपछि स्थायी आवास निर्माणका लागि प्रति घरपरिवार रु. ४ लाख दिने सरकारको निर्णय अनुसार एकिकृत नमुना बस्ती निमार्णको लागी दोधारा चाँदनी नगरपालिकाको नेतृत्वमा सर्वदलिय, सर्वपक्षिय छलफल गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।

पटरा खल्लाका एकिकृत नमुना बस्ती निमार्णको लागी स्थानिय तहले जग्गा उपलब्ध गराए मात्रै नेपाल सरकारबाट बिनियोजन गरिएको रकम आउने नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । पटरा खल्लाका २७ परिवारको बसोबासको लागी प्रति परिवार रु. ४ लाख रकम स्थायी आवास निमार्ण गर्न नेपाल सरकारले पठाउने र निड्स नेपालले रु. २५ लाख र नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले केही रकम बिनियोजन गरि व्यवस्थीत र जिल्लामै नमुनाको रुपमा एकिकृत नमुना बस्ती बसाउने योजना रहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । गत असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढीले पटरा खल्लामा ठुलो धनमालको क्षती बनाएको हो ।

पटरा खल्लाका नजिक रहेको जमुना आधारभुत बिद्यालयको एक छेउमा एकिकृत नमुना बस्ती बसाउने बिषयमा एक कार्यदल बनाएर स्थानियहरु संग राय संकलन गर्नु पर्ने नेपाली काग्रेंस दोधारा चाँदनीका सभापती राजेन्द्र मल्लले बताउनुभयो । सर्वदलिय, सर्वपक्षिय बैठकमा आफ्नो बिचार ब्यक्त गर्दै सभापती राजेन्द्र मल्लले पटरा खल्लाका बाढीपिडितहरुलाई वर्षेनी बाढीको समस्या खेप्नु पर्ने हुदा उनिहरुलाई एकिकृत नमुना बस्ती निमार्ण गरि ब्यवस्थापन गर्नु पर्ने बताउनुभएको छ् । यस्तै दोधारा चाँदनी नगरपालिकाका पुर्व नगर प्रमुख बिर बहादुर सुनारले वर्षेनी बाढीको चपेटामा पर्दै आएका पटरा खल्लाका स्थानियहरुलाई मानविय हिसावले पनि सबै मिलेर व्यवस्थापन गर्नमा सहयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा देशमै पहिलो पटक बाढी प्रभावितहरुलाई एकिकृत नमुना बस्ती बसाल्ने योजना रहेको हुदा एकिकृत नमुना बस्ती निमार्ण गरे सबैको नाउ रहने पुर्व नगर प्रमुख बिर बहादुर सुनारले बताउनु भयो । बैठकमा दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी, शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना, नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा लगाएत दलका नेता, सरोकारवालाहरुको उपस्थिती रहेको थियो । एकिकृत नमुना बस्ती निमार्णमा बिभिन्न संघ–संस्था संगको सहकार्यमा २७ घरहरु, सामुदायिक भवन, पानी ट्यांकी साथै बालबालिकाहरुका लागि खेल मैदान सहितको स्थायी बस्ती बसाल्ने योजना स्थानिय सरकारको रहेको छ् ।

बस्ती बसाल्न जग्गा उपलब्धाको लागी पटरखल्ला नजिक रहेको जमुना आधाभुत बिद्यालय तथा आसपास क्षेत्रका स्थानियबासीहरु संग राय संकलनको लागी दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरसिंह धनाडीको संयोजकत्वमा सर्वदलिय, सर्वपक्षिय १३ सदस्यीय एकिकृत नमुना बस्ती निमार्णको लागी जग्गा उपलब्ध गराउने बिषयमा कार्यदल गठन गरिएको छ् ।

एकिकृत नमुना बस्ती निमार्णको लागी जग्गा उपलब्ध गराउने गठन गरिएको कार्यदलले एक साता भित्र दोधारा चाँदनी नगरपालिका कार्यालयलाई प्रतिबेदन दिने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज