Advertisement

एकिकृत नमूना वस्ती निमार्णको लागी दोधारा चाँदनीमा सर्वपक्षिय बैठक

कञ्चनपुर ।  कञ्चपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई एकिकृत नमुना बस्ती निमार्णको बारेमा सर्वदलिय, सर्वपक्षिय बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडितहरुलाई नजिकै रहेको अग्लो जग्गामा एकिकृत नमुना बस्ती निमार्ण गरि उनिहरुलाई बसोबास गराउने बिषयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका राजनितिक दल, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, स्थानियबासी लगाएत सरोकारवाला बिच छलफल गरिएको छ् । पटरा खल्लाका २७ बाढीपिडित घरपरिवारको लागी नेपाल सरकारले अस्थायी घर निमार्णको लागी रु. २५ हजारका दरले दुई किस्तामा रु. ५० हजार प्रदान गरिने निर्णय भएसंगै पहिलो किस्ता रु. रु. २५ हजार रकम उनिहरुले प्राप्त गरिसकेका छन् । त्यसपछि स्थायी आवास निर्माणका लागि प्रति घरपरिवार रु. ४ लाख दिने सरकारको निर्णय अनुसार एकिकृत नमुना बस्ती निमार्णको लागी दोधारा चाँदनी नगरपालिकाको नेतृत्वमा सर्वदलिय, सर्वपक्षिय छलफल गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।

पटरा खल्लाका एकिकृत नमुना बस्ती निमार्णको लागी स्थानिय तहले जग्गा उपलब्ध गराए मात्रै नेपाल सरकारबाट बिनियोजन गरिएको रकम आउने नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । पटरा खल्लाका २७ परिवारको बसोबासको लागी प्रति परिवार रु. ४ लाख रकम स्थायी आवास निमार्ण गर्न नेपाल सरकारले पठाउने र निड्स नेपालले रु. २५ लाख र नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले केही रकम बिनियोजन गरि व्यवस्थीत र जिल्लामै नमुनाको रुपमा एकिकृत नमुना बस्ती बसाउने योजना रहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । गत असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढीले पटरा खल्लामा ठुलो धनमालको क्षती बनाएको हो ।

पटरा खल्लाका नजिक रहेको जमुना आधारभुत बिद्यालयको एक छेउमा एकिकृत नमुना बस्ती बसाउने बिषयमा एक कार्यदल बनाएर स्थानियहरु संग राय संकलन गर्नु पर्ने नेपाली काग्रेंस दोधारा चाँदनीका सभापती राजेन्द्र मल्लले बताउनुभयो । सर्वदलिय, सर्वपक्षिय बैठकमा आफ्नो बिचार ब्यक्त गर्दै सभापती राजेन्द्र मल्लले पटरा खल्लाका बाढीपिडितहरुलाई वर्षेनी बाढीको समस्या खेप्नु पर्ने हुदा उनिहरुलाई एकिकृत नमुना बस्ती निमार्ण गरि ब्यवस्थापन गर्नु पर्ने बताउनुभएको छ् । यस्तै दोधारा चाँदनी नगरपालिकाका पुर्व नगर प्रमुख बिर बहादुर सुनारले वर्षेनी बाढीको चपेटामा पर्दै आएका पटरा खल्लाका स्थानियहरुलाई मानविय हिसावले पनि सबै मिलेर व्यवस्थापन गर्नमा सहयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा देशमै पहिलो पटक बाढी प्रभावितहरुलाई एकिकृत नमुना बस्ती बसाल्ने योजना रहेको हुदा एकिकृत नमुना बस्ती निमार्ण गरे सबैको नाउ रहने पुर्व नगर प्रमुख बिर बहादुर सुनारले बताउनु भयो । बैठकमा दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी, शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना, नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा लगाएत दलका नेता, सरोकारवालाहरुको उपस्थिती रहेको थियो । एकिकृत नमुना बस्ती निमार्णमा बिभिन्न संघ–संस्था संगको सहकार्यमा २७ घरहरु, सामुदायिक भवन, पानी ट्यांकी साथै बालबालिकाहरुका लागि खेल मैदान सहितको स्थायी बस्ती बसाल्ने योजना स्थानिय सरकारको रहेको छ् ।

बस्ती बसाल्न जग्गा उपलब्धाको लागी पटरखल्ला नजिक रहेको जमुना आधाभुत बिद्यालय तथा आसपास क्षेत्रका स्थानियबासीहरु संग राय संकलनको लागी दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरसिंह धनाडीको संयोजकत्वमा सर्वदलिय, सर्वपक्षिय १३ सदस्यीय एकिकृत नमुना बस्ती निमार्णको लागी जग्गा उपलब्ध गराउने बिषयमा कार्यदल गठन गरिएको छ् ।

एकिकृत नमुना बस्ती निमार्णको लागी जग्गा उपलब्ध गराउने गठन गरिएको कार्यदलले एक साता भित्र दोधारा चाँदनी नगरपालिका कार्यालयलाई प्रतिबेदन दिने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज