Advertisement

महाकाली र जगबुडा नदीबाट बस्ती जोगाउन नगर प्रमुख लिम्बु मन्त्रालयहरुमा धाउदै

दोधारा । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु महाकाली नदी र जगबुडा नदीबाट जोगाउनका लागि झण्डै एक साता देखि संघिय सरकारका विभिन्न मन्त्रालयहरुमा धाईरहेका छन् । नगर प्रमुख लिम्बु महाकाली नदीका कारण बर्षेनी आउने विपद दिगोरुपमा हटाई नगरबासिलाई बाढीबाट जोगाउनका लागि केही दिन देखि काठमाण्डौमा संघिय सरकारका विभिन्न मन्त्रालयमा मन्त्री तथा कार्यालय प्रमुख संग हारगुहार गरिरहेका हुन् । त्यसै क्रममा नगर प्रमुख लिम्बुले गृह मन्त्रालयका गृहमन्त्री रमेश लेखकसंग भेट गर्ने कार्यक्रम तय भएको नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । उहाँले गृहमन्त्री लेखक संग भेट गरि दोधारा चाँदनी नगरपालिकामा बाढी दिदै आएको पिडा र वन्यजन्तुले गरेको मानविय र किसानहरुको अन्नवालीको क्षतीको बारेमा जानकारी गराउनुहुने भएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका बासिन्दाले बर्षेनी झेल्दै आएको बाढी र वन्यजन्तुको समस्यालाई दिर्घकालिनरुपमा समाधान गर्न संघिय सरकारका बिभिन्न मन्त्रालय धाउदै आउनुभएको छ् । नगर प्रमुख लिम्बुले सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्ता, उद्योग मन्त्री दामोदर भण्डारीलाई समेत भेट गरिसक्नुभएको छ् । मध्यवर्ती क्षेत्रको कारणले पर्यटन विकासमा बाँधा आएको बताउदै विहिवार वन तथा भूसंरक्षण विभाग र भूमी व्यवस्थापन तथा अभिलेख विभाग बबरमहलमा पुगी नगर प्रमुख किशोर कुमार लिम्बुले ज्ञापन पत्र बुझानुभएको छ् ।

‘मध्यवर्ती क्षेत्रको कारणले पर्यटन विकासमा काम गर्न नदिएपछि नगरपालिका भित्रको जग्गा नगरपालिकाले प्रयोग तथा भोगचलन गर्न पाउने अधिकारको लागि वन तथा भूसंरक्षण विभाग र भूमी व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल सम्म पुगेको छु’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले भने ।

यस्तै महाकाली नदी र जगबुडा नदी र वन्यजन्तुले स्थानियहरुलाई दिदै आएको पिडालाई लिएर नगर प्रमुख लिम्बुले केही दिन अघि मात्रै प्रधानमन्त्री केपि शर्मा ओलीलाई पनि भेट गर्नुभएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज