Advertisement

सामाजिक अभियन्ता दुर्गाको पहलमा पटरा खल्लाका वालवालिकालाई शैक्षिक सामग्री र नगद रकम

दोधारा । सामाजिक अभियन्ता तथा बिद्यार्थी दुर्गा बडुवाल को पहलमा दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडित वालवालिकाहरुलाई शैक्षिक सामग्री र नगद रकम सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी तथा सामाजिक अभियन्ता दुर्गा बडुवालको पहल र काठमाण्डौं निवासी उर्मिला शेरचन, युकेमा निवासी लिला राई, जापानमा निवासी प्रमिला गौचन डंगोल, पुर्णिमा शेरचनको सहयोगमा पटरा खल्लाका ३० जना वालवालिकालाई कापी, कलम, झोला लगाएत सामग्री उपलब्ध गराईएको हो । गएको २२ गते देखि २४ सम्म आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीले बिद्यार्थीहरुको शैक्षिक सामग्रीमा क्षती पुर्‍याएर पटरा खल्लाका एलिसा सुनारले हिल्याम्मे आफ्नो कापी, किताव नियाल्दै गरेको मार्मिक तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भए संगै सो क्षेत्रका वालवालिकालाई पठन पाठनमा सहजताको लागी काठमाण्डौं निवासी उर्मिला शेरचन, युकेमा बस्ने लिला राई, जापानमा बस्ने प्रमिला गौचन डंगोल, पुर्णिमा शेरचनले सहयोग गरेको बताईएको छ् ।

सुक्रवार एक कार्यक्रम बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले वालवालिकाको पठन पाठनमा सहयोग पुर्‍याएको भन्दै पहलकर्ता सामाजिक अभियन्ता दुर्गा बडुवाल लगाएत काठमाण्डौं निवासी उर्मिला शेरचन, युकेमा बस्ने लिला राई, जापानमा बस्ने प्रमिला गौचन डंगोल, पुर्णिमा शेरचनलाई बिशेष धन्यवाद दिएका छन् । कार्यक्रममा एसिला सुनारलाई पठन पाठन सहयोग पुगोस भन्नको लागी नगद रकम रु . १२ हजार ५ सय हस्तान्तरण गरिएको सामाजिक अभियन्ता दुर्गा बडुवालले बताएका छन् ।

‘रु. १२ हजार ५ सय एलिसा सुनारलाई नगद रकम हस्तान्तरण गरिएको र बाँकी रहेको रु. १२ हजार ५ सय को शैक्षिक सामग्री वालवालिकालाई बितरण गरिएको हो’ दुर्गा बडुवालले भने । बाढीले वालवालिकाको पठन पाठन कार्यमा सघाएको भन्दै अभिभावकहरुले समेत दाताहरुलाई धन्यबाद दिएका छन् ।

बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रका २ हजार बिद्यार्थीहरुको शैक्षिक सामग्रीमा क्षती बनाएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाले जनाएको छ् ।अविरल वर्षा संगै जगबुडा नदी र महाकाली नदीको जलसतह बढेपछि होचा भू–भागमा रहेका दोधारा चाादनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरुका बस्तीहरु प्रभावित बनाएको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज