Advertisement

भीमदत्त नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड नगरपालिकामै राखियो

महेन्द्रनगर – भीमदत्त नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको शिल्ड नगरपालिका मै राखिएको छ । आईतबार कबर्ड हलमा गरिएको १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन गरीएता पनि पदक विवादकाकारण शिल्ड भने नगरपालिकामा फिर्ता ल्याईएको हो ।
समापन कार्यक्रममा विधागतरुपमा शिल्ड सहित विद्यार्थीलाई पदकहरु वितरण गरिएका छन् । समापन कार्यक्रममा प्रतियोगिताको विजेता विद्यालय घोषणा नगरी शिल्ड नगरपालिकामा ल्याईएको छ ।
प्रतियोगितामा उसु खेलको पदक गणनालाई लिएर विवाद भएको थियो । प्रतियोगिता निर्णायक समितिले राष्ट्रिय खेलकूद परिषद्को पत्रलाई वेवास्ता गरी पदक गणना नहुने निर्णय गरेपछि विवाद चर्किएको थियो ।
उसुका पदक सहित गणना भए बैजनाथ माध्यमिक विद्यालय सबैभन्दा बढी पदक भएर शिल्ड पाउनेछ । बैजनाथले जितेका पदक गणना नहुँदा सिद्धनाथ अमर मावि गड्डाचौकी पहिलो र पूर्णा मावि ऐरी दोस्रो स्थानमा छन् ।
गणना गरिएका पदकले सबैभन्दा बढी अंक पाएको सिद्धनाथ अमर माविलाई समेत शिल्ड दिइएको छैन । समापन कार्यक्रममा विद्यालयका शिक्षकहरुले शिल्ड पाउनु पर्ने माग राखेका थिए ।
सिद्धनाथ अमर माविका खेल शिक्षक नितेश रावलले सबैभन्दा बढी अंक भएकाले विद्यालयले शिल्ड पाउनु पर्ने माग राखेको बताए ।
आयोजकले भीमदत्तका मेयर पदम बोगटीबाट शिल्ड हस्तान्तरण गरिने भएकाले तत्काल नदिइएको जवाफ दिएको उनले बताए । ‘शिल्ड दिनु पर्ने माग राखेका थियौ, अब मेयर सापले बाँड्ने भन्ने कुराको जानकारी भयो’ उनले भने ।
गत वर्ष गड्डाचौकीले ६ महिनापछि शिल्ड पाएको थियो । उसुका पदक सहित गणना हुँदा सबैभन्दा बढी पदक पाएर बैजनाथ माविलाई शिल्ड दिइएको थियो । सिद्धनाथ अमर मावि सहितले प्रतिस्पर्धा नगरी एकलौटी रुपमा पदक दिइएको भन्दै विरोध गरी समापन कार्यक्रम बहिस्कार गरेका थिए । त्यसपछि भीमदत्तले दुबै विद्यालयसित छलफल गरी ६ महिनापछि बैजनाथबाट शिल्ड खोसेर गडडाचौकीलाई दिएको थियो ।
यस वर्ष प्रतियोगितामा ५ विद्यालयले भाग लिएका थिए । आयोजकले प्रतिस्पर्धा नभएको भन्दै पदक गणना नगरेपपछि बैजनाथले समापन कार्यक्रममा शिल्ड सहित पदक बहिस्कार गरेको छ ।
भीमदत्त नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्टले उसुका पदकलाई लिएर विवाद देखिएका कारण शिल्ड वितरण नगरिएको बताए । भीमदत्तका नगर प्रवक्ता अवस्थीले भने आफूलाई यसबारे थाहा नभएको बताए । भीमदत्तका नगर प्रवक्ता पदमराज अवस्थीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

१३७औ मजदुर दिवस कञ्चनपुरमा पनि मनाईयो, मजदुरका हकअधिकारमा सरकार चुक्यो

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा पनि १३७ औ मजदुर दिवस मनाईएको छ । शुक्रबार महेन्द्रनगरमा बजारमा ¥याली प्रदर्शन तथा कोण सभा गरी मजदु...
कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

कञ्चनपुरमा टिप्परकाे ठक्करबाट एक युवकको मृत्यु, एक घाइते

महेन्द्रनगर — जिल्लाकाे दाेधारा चाँदनीमा टिप्परले ठक्कर दिदा एक युवककाे घटनास्थलमै मृत्यु भएकाे छ, भने एक घाईते भएका छन् । ...
महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार  महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगर : नेपालमै सबैभन्दा तीव्र गतिका बलरको खोजी गर्ने उद्देश्यसहित ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण आ...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले हजारौ विद्यार्थीहरुलाई निशुल्क तेक्वान्दो प...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १० दिने क्रिकेट ट्रेनिङ्ग तथा...
पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

पत्रकार धामी विरुद्ध उजुरी, पत्रकार महासंघको आपत्ति

महेन्द्रनगर– कञ्चनपुर जिल्लाका पत्रकार विमल धामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरल...
शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई  स्थानान्तरण अनुमति

शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई स्थानान्तरण अनुमति

महेन्द्रनगर – गत चैत्र १९ गते विहिबार बसेको भीमदत्त नगरपालिको कार्यपालिका बैठकले नगरपालिकाको शिक्षा नियमावली २०७९ विपरित निर्णय गर...
महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महेन्द्रनगर–भीमदत्त नगरपालिका ९ मुसेट्टीका किसन भाट महाकाली नदीमा ६ वर्षअघि पहिलो पटक ¥याप्टिंगका लागि अभ्यास गरिदाका सांची हुन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज