होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी
महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमुना मावि र वात्सल्य विद्या निकेतन विजयी भएका छन् ।
शुक्रबार महाकाली सेकेन्डरी स्कुल र नवप्रतिभा सेकेन्डरी स्कुल बीच हुने भनिएको खेल एवं लिटिल स्टार पब्लिक स्कुल र ज्ञानुदय पब्लिक एकेडेमी बीचको खेल बर्साका कारण रद्द भएका हुन् । चारै टिमले एक/एक अङ्क बाँडेका छन् ।
वर्षा रोकिएपछि भएको लिटिल बुद्ध एकेडेमी र महेन्द्रनगर नमुना मावि बीचको खेलमा महेन्द्रनगर नमुना माविले जित हात पारेको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नमुना माविले लिटिल बुद्ध एकेडेमीलाई ८.४ ओभरमै ४७ रनमा रोकेको थियो। लिटिल बुद्ध एकेडेमीका एकजना खेलाडीले १८ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क समेत बनाउन सकेनन् । महेन्द्र नमुना माभिका खेलाडीले उनीहरूलाई घुँडा टेकाएका हुन् । महेन्द्र नमुना माविका तर...











