बेदकोट ६ को नव निर्मित प्रशासनिक भवनको समुद्धघाटन
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं. ६ को नव निर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु भएको छ । सोमबार बेदकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तुलसी राना चौधरीको सभापतित्व एवं बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा समुद्धघाटन गरीएको हो । समुद्धघाटन कार्यक्रममा विशिष्ट अतिथि नगर उप(प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, अतिथिमा वडा नम्बर ८ का अध्यक्ष महेश राज जोशी, कार्यपालिका सदस्य पवन नेपाल, जयन्ती पन्त, वडा सदस्य जयदेव पन्त लगायत राजनीतिक दल, कर्मचारी एवम् स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो ।
...
















