Advertisement

Day: २१ कार्तिक २०८२, बिहीबार

भीमदत्त नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत भट्टको निधन, भीमदत्तमा शुक्रबार शोक बिदा

भीमदत्त नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत भट्टको निधन, भीमदत्तमा शुक्रबार शोक बिदा

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा अधिकृत पुष्कर प्रसाद भट्टको निधन भएको छ । भट्टको बिहीवार भारतको राममुर्ती अस्पताल भोजपुरामा उपचारका क्रममा मृत्यु भएको हो । विगत केही वर्षयता महुमेह र पेटसम्बन्धि स्वास्थ्य समस्यसंग जुधिरहेका भट्ट उपचारका लागि बरेली गएका थिए । यसैबीच उपचारका क्रममा ज्यान गुमाएपछी भीमदत्त नगरपालिकाले शुक्रबार पालिकामा शोक विदा दिएको छ । नरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले सूचना जारी गर्दै कार्तिक २१ गते शुक्रबारका दिन पालिका सहित वडा कार्यालय तथा मातहतका सेवा केन्द्रमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरी शोक बिदा दिईएको जानकारी दिए । पालिकाले भट्टको असामयिक निधन प्रति गहिरो दुख व्यक्त गर्दै मृतकको आत्माको चिर शान्तिको कामना सहित शोक सन्ततप्त परिवारजन प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ । भट्टले ती...
आजदेखि दोधारा चाँदनीमा महिला भलिवल प्रतियोगिता

आजदेखि दोधारा चाँदनीमा महिला भलिवल प्रतियोगिता

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : आजदेखि दोधारा चाँदनी नगरपालिकामा खुल्ला महिला भलिवल प्रतियोगिता हुन गईरहेको छ । नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनमा नगर स्तरिय भलिवल प्रतियोगिता शुक्रबार(आज)देखि सुरु हुने नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका शाखा प्रमुख पदम बहादुर सिंहले बताए । प्रतियोगिताका सबै खेलहरु वडा नं ६ स्थित भानु माध्यमिक बिद्यालयको प्रांगणमा संञ्चालन हुने उनले बताए । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको पनि उनले बताएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ३१ हजार नगद र प्रत्येक खेलाडीलाई खेलकुद पोशाक र द्धितिय हुने टिमलाई रु. २१ हजार नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरीनेछ । त्यसैगरी प्रत्येक खेलाडीलाई खेलकुद पोशाक तथा प्रमाण पत्र तथा मेडलको ब्यवस्था गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताए ।...
महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)को १२ बुदे ज्ञापन पत्र, ७ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले १२ बुदे विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । महाकाली प्रादेशिक अस्पतालमाका लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालन नभएको, अस्पतालको मेडिकलमा स्वास्थ्यविमाले दिने भनिएका औषधि नराख्नेलगायतका १२ बुदे समस्या समाधान गर्न माग राख्दै अस्पताल प्रशासनलाई नेकपा(बहुमत)ले ज्ञापन पत्र पत्र बुझाएको हो । नेकपा बहुमतका नेता डम्मर विष्टद्वारा हस्ताक्षरित १२ बुदे ध्यानाकर्षण पत्र विहिबार अस्पताल प्रशासनलाई बुझाएको नेकपा बहुमतका नेता दिपेन्द्र ऐरीले बताए । स्वास्थ्य जस्तो संम्वेदनशिल संस्थामा स्वास्थ्यका करार कर्मचारीमाथिको शोषण र अन्य बेथिति पार्टीलाई सह्य नहुने बताउदै तत्काल ध्यानाकर्षण पत्रमा रहेका माग पूरा नगरेमा कडा रूपमा उत्रन बाध्य हुने उनले बताए । नेकपा बहुमत पार्टीले अस्पताल प्रशासनसँग मौखिक छलफलसँगै लिखित ध्यानाकर्षण सहितको ज्ञाप...
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी लुटियो

सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी लुटियो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
विरेन्द्र बाग, महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने गाडी लुटिएको खबर सार्वजनिक भएको छ । डिन जोशीले चढ्ने बा २ झ २८५९ नम्बरको सेतो स्कारपियो गाडी गत भदौ २५ गते लुटिएको खबर अहिले आएर सार्वजनिक भएको हो । डाक्टर जोशीको निजी निवास धनगढी उपमहानगरपालिका–५, हसनपुरबाट भदौ २५ गते दिउँसो करिब १२ बजे मुखमा मास्क लगाएका आठजनाको समूहले गाडी लुटेर लगेका हुन् । घटना लगत्तै डाक्टर जोशीले कैलाली जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएका थिए । कैलाली प्रहरीले उक्त घटना “योजनाबद्ध र असामान्य प्रकृतिको” भएको बताएको छ । गाडी लुट्ने समूहको अहिलेसम्म पहिचान खुल्न सकेको छैन भने गाडी पनि फेला नपरेको प्रहरीले जनाएको छ । विश्वविद्यालयका अनुसार, गाडी बेपत्ता भएको सूचनासहित भन्सार सुरक्षा पोस्ट र नाका क्षेत्रमा समेत सूचना पठाइएको छ । प्रहरीले अहिलेसम्म ...
भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले पत्रकार सुरेश सिह धामीको उपचारका लागि ५०हजार रुपैया दिने भएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि भीमदत्त नगरपालिकाले उपचार खर्च दिने भएको हो । भीमदत्त नगरका मेयर पदम बोगटीका सचिवालय प्रमुख चक्र महताले महासघका अध्यक्ष धामीको उपचारका लागि पालिका तर्फबाट उपचार खर्च उपलब्ध गराउने निर्णय भएको बताए । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष केही समयदेखि काठमाण्डौँ स्थित काठमाण्डौँ मेडिकल कलेज सिनामंगलमा उपचारार्थ छन । धामीको पाचन प्रणालीसग सम्बन्धी ग्रन्थी(प्याङक्रियाज)मा ट्युमर फेला परेपछि पहिलो चरणको सल्यकृया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एव थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि पालिकाले सहयोग गर्ने निर्णय गरेको छ । एमाले निकट प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार महासंघका जिल्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज