बेलडाँडी गाँउपालिकाको बजेट ५४ करोड ५० लाख, दलदल जमिन पुर्नरुत्पादनको नयाँ योजना
महेन्द्रनगर–कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले आगामी आर्थिक बर्ष ०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । मंगलबार १७ औँ गाँउसभाबाट बेलडाँडी स्थानीय सरकारले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो ।
बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले नयाँ बजेटसंगै केही नयाँ कार्यक्रम ल्याएको बताए ।
गाँउप्रमुख रानाले चालु तर्फ ३७करोड, ४३लाख र पुँजिगत तर्फ १७करोड, ७लाख सहित ५४ करोड ५० लाख, ४४ हजार बराबरको बजेट ल्याएको बताए । उनका अनुसार आन्तरिक आय तर्फ १करोड, राजस्व बाँडफाँड ७करोड, ९४लाख, ९० हजार, वित्तिय हस्तान्तरण संघीय सरकार ३१करोड, १४लाख, प्रदेश सरकार २करोड ४१लाख, ५४ हजार, समाजिक सुरक्षा १२ करोड रहेको छ ।
गाँउ प्रमुख रानाले नयाँ आर्थिक बर्षमा बेलडाँडीको दलदल जमिन पुर्नरुत्पादनको नयाँ कार्यक्रम ल्याएको छ । ‘हाम्रो गाँउपालिकामा १द...




















