आलिताल गाउँपालिकाले ल्यायो ५३ करोड २७ लाखको बजेट
महेन्द्रनगर–डडेल्धुराको आलिताल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड २७ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ। गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावलले आगामी आर्थिक वर्षका लागि उक्त बजेट गाउँसभाको २०औँ अधिवेशमा सो बजेट प्रस्तुत गरेकी हुन् ।
जसमध्ये चालुतर्फ ३१ करोड २० लाख २५ हजार र पूँजीगततर्फ २२ करोड ६ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ। प्रस्तावित कुल बजेटमध्ये ३१ करोड २० लाख २५ हजार रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ भने २२ करोड ६ लाख ७० हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
चालुतर्फ ५८।५७ प्रतिशत र पुँजीगततर्फ ४१।४३ प्रतिशत खर्च विनियोजन गरिएको यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ४।६६ प्रतिशतले बढी हो। उक्त बजेट कार्यान्वयनका लागि आवश्यक स्रोतमध्ये संघीय सरकारबाट समानीकरण ९ करोड ७ लाख, सशर्तबाट १७ करोड ९० लाख, विशेष अनुदानतर्फ ५ करोड ५७ लाख र राजस्व बाँ...












