आजदेखि देशैभर यातायात बन्द
महेन्द्रनगर–यातायात व्यवसायीहरुले आफना माग पुरा नभएकोभन्दै आजदेखि अनिश्चितकालिन यातायात बन्दको आह्वान गरेका छन् । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै गण्डकी प्रदेश सरकारले ल्याएको यातायात सम्बन्धीको ऐनले परीमार्जन गर्नुपर्ने माग पुरा नभएको भन्दै यातायात व्यवसायीले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।
सरकारसंग राखेका सात बुँदे माग पुरा नभएपछि कञ्चनपुरसहित १९ जेष्ठदेखी देशैभरमा अनिश्चितकालिन यातायात ठप्प पार्ने घोषणा गरेका थिए । सार्वजनिक यातायात बचाउ संघर्ष समिति कञ्चनपुरका अध्यक्ष जनक बहादुर चन्दले आफुहरुमाथि सरकारले अन्याय गरेकाले न्यायका लागि सडक आन्दोलन रोजेको बताए । ‘हामीहरुलाई सरकारले पटक पटक आन्दोलन गराउन उद्यत छ, ‘उनले भने, ‘सरकारको यस्तो अन्यायपूर्ण विभेदकारी निर्णय बिरुद्धमा आफ्नै सवारी साधन थन्क्याएर आन्दोलन गर्न बाध्य भएका छौँ , यसमा सम्पूर्ण मजदुर संघ संगठनदेखि यातायात व्यवसा...


















