Advertisement

Day: १७ बैशाख २०८२, बुधबार

अहिलेको सरकार शिक्षकमाथि दमन गर्न उद्यत : प्रचण्ड

अहिलेको सरकार शिक्षकमाथि दमन गर्न उद्यत : प्रचण्ड

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले अहिलेको सरकार शिक्षकमाथि दमन गर्न उद्यत रहेको बताउनुभयो । बुधबार जनतासंग माओवादी तराई मधेश जागरण अभियानको कञ्चनपुर महेन्द्रनगरमा समापन गर्दै प्रचण्डले ‘सरकारले आन्दोलनर शिक्षकका माग पुरा गर्नुकोे साथो दमनमा उत्रिएको छ, ‘उनले भने, ‘आफैले ल्याएको विधेयक आफुले नै सदनमा सार्वजनिक प्रस्ताव दर्ता गरेपछि वार्ताको वातावरण भएको छ ।’ उहाँले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन । ‘हाम्रो नेतृत्वमा सरकारले एक पछि अर्को सुशासनका क्षेत्रमा सकारात्मक काम गर्दै गएपछि यो विचौलिया, दलाल र नोकरकशाहलाई पचेन, ‘उनले भने, ‘त्यही भएर रातको अध्यारोमा सरकार ढालियो, अहिलेकोे सरकार भ्रष्टाचारमा लिप्त भएको छ ।’ प्रचण्डले आफ्नो नेतृत्वको सरकारले उत्तरमा चीनसंग जोड्ने नाका विस्तारदेखि भारत, बङलादेशविच विद...
मझगाँउ विमानस्थलमा धावन मार्ग कालोपत्रे कार्य सुरु

मझगाँउ विमानस्थलमा धावन मार्ग कालोपत्रे कार्य सुरु

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. १६ स्थित मझगाँउ विमानस्थलको रनवे कालोपत्रेको कार्य सुरु भएको छ । बुधवार नगरप्रमुख पदम बोगटीले भूमि पुजन गरी कालोपत्रे कार्यको शुभारम्भ गरेका हुन् । नगर प्रमुख बोगटीले भुमिपुजन पछि पत्रकारहरुसंग प्रतिक्रिया दिदै सेनासंग सम्झौता भएपछि रनवे पिचको कार्य अगाडि बढाएको बताउनुभयो । ‘सेनासंग कुराकानी गरेर सम्झौता गरेर अहिले दुई सय २५ मिटर लिनुपर्ने हो, अगाडि चाही एक सय ५० मिटरको काम हुन्छ, बाकि ७५ मिटर आवश्यक परेपछि हुन्छ,’ उहाँले भन्नुभयो ‘अहिलेचाही सबै कुरा मिलेर सबैको सहमति भएर, सेनाले पनि सहयोग गर्नुभएको छ, स्थानीय हामी सबै बसेर निर्णय ग¥यौ, निर्णय गरीसकेपछि सेनाले काम गर्न दिने भयो, उनीहरुका त्यसमा केहि सर्तहरु छन्, त्यसमा चाही उनीहरुको भित्र फेम्ली क्वाटर छन् त्यसमा चाही प्रदुरषण नहोस, एयरपोट बनिसकेपछि उहाँहरुको क्षेत्रमा डुवान नहोस भन्न...
दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा ७ सय मिटर सडक कालोपत्रेको काम सुरु, स्थानियमा खुशीयाली

दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा ७ सय मिटर सडक कालोपत्रेको काम सुरु, स्थानियमा खुशीयाली

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नंम्बर ७मा ७ सय मिटर सडक कालोपत्रे गर्ने कार्यको सुरुवात गरीएको छ । संघिय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत शहरी बिकास तथा भवन निर्माण कार्यालयले पर्खाल सहित झण्डै ७ सय मिटर सडक कालोपत्रे गर्न लागेको हो । उक्त कार्यको औपचारीक कार्यक्रम गरी नगर प्रमुख किशोर कुमार लिम्बुले समुद्धघाटन गर्नु भएको थियो । सिआरपी चोक देखि चक्की बजार जाने कच्ची बाटोलाई कालोपत्रे बनाउन थालिएको वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बहेक क्षत्रीले बताउनुभयो । सात सय मिटर कालोपत्रे हुन लागेको भएता पनि स्थानीय खुसि देखिएका छन् । निमार्ण कार्यको ठेक्का पाएको न्यु हुनैनाथ निमार्ण कम्पनीले आउदो अषाढ मसान्तमा निमार्ण कार्य सक्ने लक्ष्य लिएको छ । वर्षातमा हिलाम्मे र हिउदमा धुलाम्मे हुने सडकमा बिद्यार्थीहरुलाई विद्यालय पुर्‍याउन र बजार सम्म पुग्न कठिन हुदै आएको स्थानीयले ग...
अब सवारी लाइसेन्सको अवधि १० वर्ष

अब सवारी लाइसेन्सको अवधि १० वर्ष

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो । प्रचलित ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधता सम्बन्धी व्यवस्था छ । दफा ५४ को उपदफा ३ मा भनिएको छ, ‘चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ ।’ प्रचलित व्यवस्थामा संशोधन गर्दै विधेयकमा भनिएको छ, ‘ दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरू राखिएका छन् ।’ यो प्रस्तावसहितको विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो । पारित विधेयक अनुसार नविकरण गर्दा पनि दश वर्षका लागि निवकरण हुनेछ । यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय त...
किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा उखु किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार कोष तथा लेखा नियन्त्रक कार्यालय र कृषी ज्ञान केन्द्रको सयुक्त अयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । अनुदान भुक्तानी समिति संयोजक एवं कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले अध्यक्षता गरेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि रहनुभएको थियो । सहायक जिल्ला अधिकारी परशुराम पोखरेलले कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । त्यसैगरी कृषि ज्ञानकेन्द्रका प्रमुख गोविन्द सिजापतीले जीवनाषक विषादीको असर र सुरक्षित प्रयोगबो बारेमा प्रस्तुती राखेका राखेका थिए । त्यसैगरी लेखा कोष तथा नियन्त्रण कार्यालयका प्रमुख कृष्ण बहादुर धामीले कृषकहरुलाई उखु अनुदान वितरण सम्बन्धी कानुनी व्यवस्था र कञ्चनपुर जिल्लामा अनुदान वितरणको अवस्था...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज