नयाँ खबर
महेन्द्रनगर–नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले अहिलेको सरकार शिक्षकमाथि दमन गर्न उद्यत रहेको बताउनुभयो । बुधबार जनतासंग माओवादी तराई मधेश जागरण अभियानको कञ्चनपुर महेन्द्रनगरमा समापन गर्दै प्रचण्डले ‘सरकारले आन्दोलनर शिक्षकका माग पुरा गर्नुकोे साथो दमनमा उत्रिएको छ, ‘उनले भने, ‘आफैले ल्याएको विधेयक आफुले नै सदनमा सार्वजनिक प्रस्ताव दर्ता गरेपछि वार्ताको वातावरण भएको छ ।’ उहाँले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन । ‘हाम्रो नेतृत्वमा सरकारले एक पछि अर्को सुशासनका क्षेत्रमा सकारात्मक काम गर्दै गएपछि यो विचौलिया, दलाल र नोकरकशाहलाई पचेन, ‘उनले भने, ‘त्यही भएर रातको अध्यारोमा सरकार ढालियो, अहिलेकोे सरकार भ्रष्टाचारमा लिप्त भएको छ ।’
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले उत्तरमा चीनसंग जोड्ने नाका विस्तारदेखि भारत, बङलादेशविच विद्युत व्यपार सम्झौता अघि बढेको बताए । गत फागुनदेखि माओवादीले शुरुवात गरेको अभियान माओवादीको मात्रै नरहेको बताउँदै प्रचण्डले राष्ट्रिय अभियान नै भएको दावि गरेका छन ।
अभियानका क्रममा किसान, मजदुर, सहिददेखिका आम सर्वसाधारणसंग प्रत्यक्ष सम्वाद गरेको बताए । यस अघि माअोवादीका नेता स्व। पोष्ट बहादुर बोगटीले उर्जा, जलस्रोत मन्त्रालय सम्हाल्दा पश्चिम सेती परियोजना अघि बढाउने योजना भएपनि पछिल्ला सरकारले बढाउन नदिएको बताए ।

पञ्चेश्वर परियोजना कुनैपनि हालतमा सफल पारिने प्रचण्डको उद्घोष छ । आफु प्रधानमन्त्री हुँदा सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, पूर्वाधार तर्फ थुप्रै योजना अघि बढेकोे बताउँदै प्रचण्डले कञ्चनपुरको पुनर्वासमा प्राविधिक शिक्षालय निर्माण गरिने बताए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।