कञ्चनभोज र बडुवाल टोलमा जंगली हात्तीको आतंक बढ्दो, रातभरी हात्ती धपाउदै स्थानियबासी
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा जंगली हात्तीले स्थानियबासीहरुले लगाएको अन्नवाली नष्ट गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोल र वडा नं. ७ कञ्चनभोजमा भारतिय जंगलबाट भित्रिएको जंगली हात्तीको बथानले अन्नवाली खाएर, उद्यनेर नष्ट गर्दै आएको स्थानियबासीहरुले बताएका छन् । भारतिय जंगल संग जोडिएको कञ्चनभोज र बडुवाल टोल आसपास क्षेत्रमा जंगली हात्तीले स्थानिय किसानहरुको गहुँ र उखु खेती खाएर तथा उद्यनेर नष्ट गर्दै आएको छ् । बिगत लामो समय देखि भारतिय सिमा संग जोडिएको दोधारा चाँदनीका बिभिन्न बस्तीहरुमा किसानहरुको अन्नपात खाएर तथा घरहरु भत्काउदै आएको हात्तीको बथानले अहिले फेरि गहुँको सिजनमा बस्ती नजिक पुगेर किसानहरुको खेतीपाती नष्ट गर्न थालेको उनिहरुको भनाई रहेको छ् ।
दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा किसानहरुले लगाएको गहुँ र उखुवाली नष्ट गर्दै आएको स्थानियबासी रामसिंह खड्...












