थोरै खर्चमा अचारबाट राम्रै आम्दानी
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा नन्दा खत्रीले आँपको अचार बिक्रि गरेर राम्रो आम्दानी गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ निवासी नन्दा खत्रीले स्थानियस्तरमा खेर गईरहेको आँपको सदुपयोग गर्दै अचारको नयाँ उद्यम सुरु गर्नु भएको हो । घरमा खाली रहेको बेला आफु र आफ्नो घरपरिवारको सहयोगबाट आँपका अचार बनाई अहिले आएर बिक्रि सुरु गर्दै आएको महिला उद्यमी नन्दा खत्रीले बताउनुभएको छ् । आफ्नै खेतवारीमा रहेको आँपबाट नन्दा खत्रीले यस पटक देखि आँपको अचार उत्पादन गर्न सुरु गरेको बताउनुभएको छ् । गाँउ, बस्तीमा प्रयाप्त मात्रामा सिजनको बेला आँप पाउने भएको हुदा आउदो आँपको सिजनमा अझै ठुला आकारमा अचार उत्पादन गर्ने योजना रहेको महिला उद्यमी नन्दा खत्रीले बताउनुभयो ।
जेष्ठ महिनाबाट अचार बनाउन सुरु गरेको र २ कुन्टल बढी आँपबाट बनेको अचार बिक्रि गरेको महिला उद्यमी नन्दा खत्रीले बताउनुभयो । भारतिय आँपको अचारमा ...












