Advertisement

रेडक्रस सोसाईटी उपशाखा दोधाराद्धारा विपन्नलाई कम्वल

पप्पु गुरुङ्ग, दोधारा । शित लहर संगै जाडो बढदै गएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपन्नलाई न्यानो कम्बल (ब्लेङकेट) वितरण गरिएको छ् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको आयोजनामा र दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयको आर्थिक सहयोगमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६ देखि १० वडा सम्मका विपन्न, असाहय, आपांगता भएका २५ जना घरपरिवारहरुलाई छनौट गरि कम्वल बितरण गरिएको नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाका शाखा सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । जाडो बढे पछि समस्यामा परेको अति विपन्न परिवारलाई राहत दिने उद्देश्यले न्यानो कम्वल बितरण गरिएको नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । नेपाल रेडक्रस सासाईटी दोधारा उपशाखाको सेवा क्षेत्रमा रहेको वडाहरुमा बिगत लामो समय देखि रेडक्रस उपशाखाले जाँडोको समयमा विपन्न घरपरिवारलाई राहतको लागी कम्बल बिरतण गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– १० का वडा अध्यक्ष चन्द्र बहादुर सिंहले रेडक्रस उपशाखाले आफ्नो सेवा क्षेत्रमा बिगतका दिनहरु देखि मानविय कार्यमा राम्रो सहयोग गर्दै आएको बताउनुभएको छ् ।

रेडक्रस शाखाले कोरोना संक्रमण, बाढी आएको बेला लगाएत विपद्को समयमा मानविय कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभएको छ् । सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले जाँडोको बेला विपन्न समुदायका घरपरिवारलाई न्यानोको लागी कम्वल बितरण गरिएको कार्य रचनात्मक रहेको बताउनुभएको छ् । रेडक्रस सोसाईटी उपशाखाको रचनात्मक कार्यले जाडोयाममा केही बिपन्नहरुले राहत पाएको उहाँले बताउनुभयो । विपन्नहरुलाई कम्वल बितरण कार्यको आयोजना गर्ने तथा सहयोग गर्ने वडा नं. १० वडा कार्यालयलाई बिशेष धन्यबाद दिदै सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर रानाले आगामी दिनहरुमा रेडक्रस साईटी दोधारा उपशाखाले संचालन गर्दै रचनात्मक क्रियाकलापमा प्रदेश सरकार सदा सहयोग रहने बताउनुभयो ।

चिसो अत्यधिक बढेका बेला न्यानो कम्बल पाए पछि विपन्नहरु खुशी बनेका छन् । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी, दोधारा चाँदनी नगरपालिका– १० का वडा सदस्य चन्द्र बहादुर सिंह, वडा सदस्य कमला उपाध्याय, लगाएत रेडक्रसकर्मी, स्थानियबासीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज