Advertisement

गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

दोधारा चाँदनी – कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ गैराबारी टोलस्थित नदी किनारमा वर्षाको पानीका कारण भएको कटान नियन्त्रण तथा खेतीयोग्य जमिन संरक्षणका लागि श्रमदानमा जैविक तटबन्ध निर्माण कार्य सुरु गरिएको छ ।

वडा नम्बर ८ का अध्यक्ष ओमप्रकाश रोकायाको नेतृत्वमा सञ्चालन भइरहेको उक्त श्रमदान अभियानमा नगर प्रहरी र स्थानीयको सक्रिय सहभागिता रहेको छ । वर्षायाममा परेको निरन्तर वर्षा र आकाशे पानीको तीव्र बहावका कारण नदी किनारको ठूलो भाग कटान भई स्थानीय किसानहरूको खेतीयोग्य जमिन जोखिममा परेपछि वडा अध्यक्ष रोकायले श्रमदानमा जैविक तटबन्ध निर्माण गर्ने अभियान सञ्चालन गरेका हुन् ।

जैविक तटबन्ध निर्माणमार्फत नदी किनारको माटो कटान नियन्त्रण गर्ने, थप क्षति हुनबाट जोगाउने तथा प्राकृतिक स्रोत–साधनको संरक्षण गर्दै वातावरणमैत्री रूपमा नदी व्यवस्थापन गर्ने उद्देश्य रहेको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष रोकायाले स्थानीयवासीको खेतीयोग्य जमिनको संरक्षण वडा कार्यालयको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउँदै जोखिमयुक्त स्थानहरूमा आवश्यक संरक्षण कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

स्थानीयवासीहरूले समयमै संरक्षणको काम सुरु भएकोमा खुसी भएका छन् । वडाको यस्तो कार्यले नदी कटान रोकिनुका साथै किसानको अमूल्य खेतीयोग्य जमिन संरक्षणमा दीर्घकालीन टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यस क्षेत्रमा वर्षादमा परेको पानीले जमिन भासिने र भूक्षय हुने गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज