Advertisement

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुधबार अनौपचारीकरुपमा गरीएको एकदिने उक्त प्रदर्शनीमा विद्यार्थीहरु स्वयमले निर्माण गरेका बैज्ञानिक आविष्कार, कला प्रदर्शनसहित विद्यार्थीहरुले बनाएका खाद्य परिकारहरु विक्रि गरीएका थिए । कक्षा नर्सरीदेखि १० सम्म पढ्ने सबै विद्यार्र्थीहरुले निर्माण गरेका एकसे एक आविष्कारहरुमध्ये कक्षा नौ मा अध्ययनरत पवन जोशीसहित मिलन रोकाया र आदर्श धामीको समुहले निर्माण गरेको रोविटिक कार प्रदर्शनीको आकर्षणको केन्द्र बन्यो ।

भविष्यमा सफ्टवेयर ईन्जिनियर बन्ने लक्ष्य बोकेका जोशीसहितका विद्यार्थीले निर्माण गरेको कार हेर्न २० रुपया टिकट राखिएको थियो । विद्यालयको कक्षा कोठाभित्र राखिएको कार सयौ अभिभावकले टिकट काटेर अवलोकन गरे । जोशी सहित रोकाया र धामीले सबै दर्शकलाई कार गुडाएर देखाए । ईलेक्ट्रोनिक कारको भविष्यको बारेमा जानकारी दिदै कारले प्रदुषण कम गर्ने भएकाले बातावरण संरक्षणमा टेवा पुग्ने उनीहरुको धारणा थियो । कार बनाउन ६ हजार रुपैँया खर्च भएको जोशीले सुनाए ।

 

विज्ञान विषयको अप्लिकेसन अफ उल्ट्रा सोनिक वेभ्स पाठ पढेपछि कार बनाउने सोच आएपछि जोशीको टिमले तिन दिन लगाएर कार निर्माण गरेको बताए । ‘विज्ञान विषयमा अप्लिकेसन अफ उल्ट्रा सोनिक वेभ्स पाठ छ, त्यो पढेपछि कार बनाउने आइडिया आयो, त्यसपछि साथीहरुसित मिलेर बनाए’ उनले भने ।

 

त्यसैगरी प्रदर्शनीको दास्रो आकर्षणको केन्द्र कक्षा नौकै विद्यार्थीहरुले निर्माणको भिडियो गेम रहेको थियो । उक्त गेम खेल्न २० रुपयाको टिकट काटेर लाईनमा बसेका साना साना विद्यार्थीहरुको घुईचो नै लागेको थियो । आदर्श धामीसहितका विद्यार्थीहरुको समुहले निमार्ण गरेको भिडियो(जाभा वर्ड)गेम निर्माण गर्न दुई घण्टा लागेको धामीले बताए ।

उक्त गेम खेल्ने विद्यार्थीहरुलाई विजयी भएमा टिकटको तिन गुणा बढि रकम पुरस्कार दिईएको थियो ।

 

कला प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका गणेश भगवानको मुर्तिदेखि भीम बाटिकासम्म प्रदर्शनिमा राखिएका थिए । पूर्णिमा चौधरी, बिडिशा रावल र आरुही चन्दले बनाएको भीम वाटिकाले अभिभावकको ध्यान तानेको थियो । भीमदत्त नगरपालिका वडा नं. १८ स्थित पार्कका सबै संरचना र सौन्दर्य समेटेर बनाएको उक्त सामाग्रिले उनीहरुमा कला शिप कति छ भन्ने कुरालाई सहजै अनुमान लगाउन सकिन्थ्यो ।

त्यसैगरी कक्षा ६ का राम चुनारा, प्रिन्स कुवर, देब्यान रावल, करुणा जोशी, उत्सव जोशी, हेमन्त महारा र दिनेश जोशीले बनाएको वाटर फिल्ट्रेसन सिस्टम र रोबोट प्रदर्शनमा थियो । त्यसैगरी प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका विज्ञान तथा कलाका सयौ आकर्षक स्टल राखिएका थिए ।

विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानको साथसाथै प्रयोगात्मक र व्यवहारिक ज्ञान शिप दिने प्रयत्न विगतबर्षदेखि नै गर्दै आईरहेको उल्लखे गर्दै विद्यालयका प्रिन्सिपल जयराज ओझाले विद्यार्थीहरुलाई पढाईमा सक्रिया बनाउन र ध्यानाकर्षण गराउने उदेश्यले उक्त प्रदर्शनी राखिएको बताए ।

विद्यार्थीहरु स्वयमले निर्माण गरेका भिडियो गेम, रोबोटिक कारलगायतका विभिन्न कलात्मक आकर्षक सामाग्रि प्रदर्शन गर्नुका साथै विद्यार्थीहरुले मिहिनेत गरी खानेकुराका परिकारहरु प्रदर्शन गरीएको प्रिन्सिपल ओझाले बताए । यसले विद्यार्थीहरुका कला, क्षमता र सम्भावनाहरुलाई उजागर गरेको उनले दावि गरे ।

‘विद्यार्थीलाई किताबी ज्ञान मात्रै पर्याप्त हुँदैन, प्रयोगात्मक ज्ञान पनि आवश्यक हुन्छ’ उनले भने, ‘विद्यार्थीहरुको ध्यान अन्त नजान दिन, कोर्ष बाहेकका कुराहरु पनि आवश्यक हुन्छन्, यसबाट विद्यार्थीले आफैंले गरेर धेरै कुरा सिक्न सक्छन्, एक आपशमा मिलेर काम गर्दा एकता पनि बलियो हुने हुन्छ ।’

 

विद्यार्थीको रुची अनुसार विद्यालयले प्रदर्शनीका लागि काम दिएको बताए । विद्यार्थीहरुलाई कक्षा शिक्षक र सम्बन्धि विषयका शिक्षकले सहयोग गरेको उनी बताउँछन् । विद्यार्थीहरुले मोबाइलको प्ले स्टोरमा हेर्ने अप्लिकेश्न आफैले बनाएर प्रदर्शनीमा राख्नु ठूलो उपलब्धि भएको बताए । विद्यार्थीहरुले खाना पकाउन जान्ने नजान्ने कुरा पनि प्रदर्शनीबाट सिकेको बताए ।

विद्यार्थी, शिक्षक, अभिभावक सहित प्रर्दशनीमा सहभागी भएर अवलोकन गरे । विहानदेखि विद्यालय प्राङ्गणमा प्रदर्शनी राखिएको हो ।
प्रदर्शनी हेर्न आएका अभिभावकहरुले विद्यार्थीहरुको प्रतिभा बाहिर ल्याउने प्रदर्शनीले सहयोग पुग्ने आशा व्यक्त गरे । नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने फ्लोरिडामा ९ सय विद्यार्थी अध्ययनरत छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज