Advertisement

नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीको छैटौ पुर्ण बैठक सम्पन्न, ७० बर्षे उमेर हद नहटाउन सुझाव

महेन्द्रनगर–नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा छैटौ पूर्ण बैठक सम्पन्न भएको छ । साउनको बिहिबार नेकपा(एमाले)को पार्टी कार्यालयमा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा विभिन्न विषयमा निर्णय सर्वसहमतिले पारित गरेको छ । बैठकले भाद्र १ गते एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा जिल्ला अधिबेशन प्रतिनिधि परिषदको बैठक सम्पन्न गर्नेलगायत विभिन्न निर्णय गरेको नेकपा(एमाले) जिल्ला उपाध्यक्ष तथा प्रचार प्रसार विभाग प्रमुख जनकराज अवस्थीले बताए । उनका अनुसार नेकपा एमालेको केन्द्रले पठाएको बिधान संसोधन प्रस्तावमाथि छलफल गरी जिल्ला कमिटीले महत्वपूर्ण सुझाव पठाउने सहितका विभिन्न निर्णय गरेको छ । नेकपा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष निरु पाल, केन्द्रीय सदस्य नर ब धामी, संविधान सभा सदस्य कृपाराम राना, कमला बोहरा, प्रदेश अध्यक्ष कृष्ण जैसि, लगयात केन्द्रीय सन्लाहकार परिषद सदस्य उपस्थीत रहेका थिए ।

 

बैठकले आगामी भदौ एमालेको भदौ २०–२२ गतेसम्म काठमाडौंमा हुने विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीले साउन ५÷६ गते सम्पन्न बैठकले पेश गरेको विधानमा ५ वटा समुहमा विभाजन गरि बृहत्तर छलफल गरीएको उनले बताए । विधानको धारा ६४ मा रहेको ७० बर्ष उमेरको हद हटाउने कुरा पारित गरेको छ । केन्द्रीय कमिटीको सख्या २५१ लाई घटाएर १९९ राख्ने सुझाव सहित माथि पठाउने निर्णय गरीएको उपाध्यक्ष अवस्थीले बताए । प्रतिनिधि परिशद को बैठक गर्ने जिल्लाका ९ वटै पालिकाले साउन मसान्तसम्म बैठक गरि विधान सशोधनमाथि छलफल गरि सुझाव जिल्लामा पठाउने निर्देशनात्मक निर्णय सर्वसम्मत पारित गरेको छ ।

 

राजनैतिक, सागठिनक, आर्थिक प्रतिबेदन, पेश हुने र आगामी दिनको योजना निर्माण गर्ने, भाद्र १ गते भिमदतनगरमा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने निर्णय सर्बसम्मत पारित गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज