Advertisement

स्वास्थ्य

दोधारा चाँदनीमा चट्याङ लागेर एक जनाको मृत्यु, २ घाईते

दोधारा चाँदनीमा चट्याङ लागेर एक जनाको मृत्यु, २ घाईते

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ बस्ने वर्ष अन्ताजी ३४ का याम बहादुर सुनारको आज अपरान्ह चट्याङ लागेर मृत्यु भएको र सोही वडा निवासी वर्ष अन्ताजी ३७ का जगदिश सुनार र वर्ष अन्ताजी ३० का बिक्की सुनार घाईते भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले जानकारी दिनुभएको छ् । घाईते जगदिश सुनार र बिक्की सुनारको उपचार भईरहेको प्रहरीले जनाएको छ् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । रुखमा ओत लाग्ने क्रममा उनीहरुलाई चट्याङ लागेको बताईएको छ् ।...
दोधारा चाँदनीका उपमेयर जोशी लगाएतलाई उपचार खर्च रकम बिनियोजन

दोधारा चाँदनीका उपमेयर जोशी लगाएतलाई उपचार खर्च रकम बिनियोजन

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशी लगाएतलाई उपचार सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका सोमवार बसेको बैठकले दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशलिाई उपचार रकम रु. ५० हजार रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । नगर उपप्रमुख गंगा देबी जोशीलाई मधुमेह र मुटु रोग समस्याले ग्रसितभएको कारण सहयोग गरिएको नगरपािलका कार्यालयले जनाएको छ् । यस्तै मृगौला ग्रसित दोधारा चाँदनी नगरपालिका–८ का वडा सदस्य सागर सुनारलाई रु. ५० हजार रकम बिनियोजन गरेको छ् । यस्तै दोधारा चा ँदनी नगरपालिका– १ का बहादुर सिंह धानुक, श्याम प्रसाद भट्ट, वडा नं. ३ का रमा कुमार भण्डारी, बलदेव महतालाई उपचारमा सहयोग गरिएको छ् ।...
कुतियाकवरका बाढी प्रभावितहरूका लागि आश्रय बन्दै ‘सुरक्षित आवास’

कुतियाकवरका बाढी प्रभावितहरूका लागि आश्रय बन्दै ‘सुरक्षित आवास’

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित कुतियाकवर बस्तीमा नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र निड्स नेपालद्वारा निमार्ण गरिएको सुरक्षित आवास कुतियाकवरका बाढी पीडितहरूका लागि महत्वपूर्ण आश्रयस्थल बनेको छ। दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर बस्तीमा बाढीबाट प्रभावित भएका स्थानिय बासिन्दाहरुका लागि दोधारा चाँदनी नगरपालिका, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)  र समुदायको झण्डै २७ लाख संयुक्त लगानिमा निर्मित सुरक्षित आवास महत्वपूर्ण आश्रय स्थल बनेको हो। यस वर्षमा आएको अविरल वर्षासँगै महाकाली नदी र जगबुडा नदीको बाढीमा कुतियाकवर बस्ती डुबानमा परेको अवस्थामा बाढी प्रभावित वृद्ध, बालबालिका, गर्भवती महिला सहित ४२ घरपरिवारका स्थानीय बासिन्दाहरूले उक्त सुरक्षित आवासमा आश्रय लिएको स्थानियबासी खड्के बुढाले बताउनुभयो। यस्तै नेपाली सेनाले...
अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा

अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । लगातारको वर्षा संगै जगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती नजिक जग्गा कटानी गरेको छ् । जगबुडा नदीमा आएको बाढीले हालै निमार्ण गरिएको अस्थायी तटबन्ध भत्काईदिएको छ भने, धान, मकै र उखुवारीमा ब्यापक क्षती बनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्तीकोरुपमा चिनिने नेपाल–भारत संग जोडिएको सिमा बस्ती बिस्तापितको संघारमा रहेको स्थानियबासी दिल बहादुर रानाले जानकारी दिनुभएको छ् । जगबुडा नदीले बस्तीनै बिस्तापित हुने अवस्थामा रहेको स्थानियबासी दिल बहादुर रानाले बताउनुभयो । कतिबेला जगबुडा नदीले बस्तीलाई बगाईदिने हो, भन्ने त्रासले रातभरी जाग्रम बस्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभएको छ् । २०४६ साल सम्म २२ घरधुरी रहेको र हाल आएर बाढी र सिमामा भारतियहरुको ज्यादतीको कारण अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरी बसोबास गर्दै आएको स्थानियबासी दिल बहा...
दलित मुक्ति मोर्चा दोधारा चाँदनीको अध्यक्षमा सुन्दर सुनार

दलित मुक्ति मोर्चा दोधारा चाँदनीको अध्यक्षमा सुन्दर सुनार

Breaking News 2, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा : नेपाल दलित मुक्ति मोर्चा दोधाराचाँदनी नगरको अध्यक्षमा सुन्दर सुनार चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा दोधाराचाँदनी नगरको अध्यक्षमा सुन्दर सुनार चयन भएका हुन । नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य राजुराम सार्की(भुल)ले दोस्रो नगर सम्मेलनबाट सर्वसम्मत कमिटि चयन गरिएको बताए । उपाध्यक्ष गंगादेवी सुनार, पानसरा सुनार सचिव तुला बहादुर नेपाली सह सचिव रतन दमाई कोषाध्यक्ष जानकी दमाई, सदस्य बल बहादुर सुनार, बल दमाई, चन्द्र बहादुर सुनार, गोपी दमाई, खण्ड दमाई रहेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मान बहादुर सुनारको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चा कञ्चनपुरका संयोजक शिवि लुहार, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य भरत भट्ट,प्रदेश कमिटि सदस्य निरुदेवी विक, नेकपा माओवादी कञ्चनपुरका सचिव एव नेपाल दलित...
एनएनएसडब्लुएद्धारा हरितालिका तीजको अवसरमा भीमदत्तमा निशुल्क खानेपानी वितरण

एनएनएसडब्लुएद्धारा हरितालिका तीजको अवसरमा भीमदत्तमा निशुल्क खानेपानी वितरण

Breaking News 2, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा महाकाली घाटस्थित रामेश्वर मन्दिर परिसरमा निशुल्क खानेपानी वितरण गरिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ११ को आयोजना तथा जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिको आर्थिक सहयोग साथै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको समन्वयमा निशुल्क खानेपानी वितरण गरिएको हो। खानेपानी वितरण कार्यमा भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले सहयोग गरेको छ। तीजका दिनमा महिलाहरू तथा दर्शकलाई निशुल्क रूपमा खानेपानी वितरण गरिएको भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो। उहाँले महिलाहरूलाई नाचगानका लागि डीजे साथै अन्य व्यवस्था समेत गरिएको जानकारी दिनुभयो। जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक जमुना सुनारले तीजको अवसरमा अत्याधिक गर्मीलाई मध्यनजर गर्दै निशुल्क खानेपानी वितरण गरिएक...
चाँदनीमा आदर्श रामलिला नाट्य श्रंखला संचालनको तयारी

चाँदनीमा आदर्श रामलिला नाट्य श्रंखला संचालनको तयारी

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रामलिला संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा आदर्श रामलिला समितिले यस वर्ष आदर्श रामलिला नाट्य श्रंखला संचालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख तथा आदर्श रामलिला समितिका संयोजक किशोर कुमार लिम्बु अध्यक्षतामा बसेको एक बैठकले आउदो घटस्थापना देखि रामलिला नाट्य श्रंखला संचालन गर्ने निर्णय गरेको हो । बिगतका दिनहरुमा लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष पनि संचालन गर्ने भएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । परम्परागत पर्वकै रुपमा मनाउदै आएको रामलिला यस बर्ष पनि निरन्तरता दिने तयारी भईरहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । भगवान रामको चरि...
सृजना बचत तथा ऋण सहकारी संस्था लि. का संचालक समितिका अध्यक्ष सिहको निधन

सृजना बचत तथा ऋण सहकारी संस्था लि. का संचालक समितिका अध्यक्ष सिहको निधन

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी स्थित सृजना बचत तथा ऋण सहकारी संस्था लि. का संचालक समितिका अध्यक्ष तथा सहकारीका जन्मदाता संस्थापक अध्यक्ष दमन बहादुर सिहको निधन भएको छ । मिति २०१३ पुष २६ गते जन्मेका सिहको ६८ वर्षको उमेरमा उपचारको क्रममा २०८१ भाद्र १८ गते निधन भएको हो । लामो सयम शिक्षा क्षेत्रमा काम गरे र सेवानिवृत भएका सिह सृजन बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष हुन वि.स. २०५८ सालमा स्थापना भएको सृजना बचत तथा ऋण सहकारी संस्ला लि.को २३ वर्षको अवधिमा १ कार्यकाल मात्र अध्यक्ष रहेका थिएनन् । उनको कार्यकालमा ३ पटक सहकारी संस्थाले राष्ट्रिय पुरस्कार तथा सम्मान पाउन सफल भएको थियो भने यसपटक सुदूरपश्चिमको उत्कृष्ट सहकारीमा परेको थियो । सहकारीले एउटा असल तथा नेतृत्व अध्यक्ष गुमाउनु परेकोमा निकै ठुलो  क्षति भएको सहकारीका व्यवस्थापक नयन र्सिह ठगुन्नाले बताए । उनको पार्थिव शरीरलाई ...
पटरा खल्लाका बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण, नमूना वस्ती बनाईने

पटरा खल्लाका बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण, नमूना वस्ती बनाईने

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । गृहमन्त्री रमेश दत्त लेखकले बाढी प्रभावितलाई आवास निर्माणका लागि रकम हस्तान्तरण गर्नुभएको छ् । मन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्वर–३ पटरा खल्लाका २७ परिवारहरुलाई अस्थायी घर निर्माणका लागि पहिलो किस्ता स्वरुप प्रति परिवार रु. २५ हजार हस्तान्तरण गर्नुभएको हो । गृहमन्त्री लेखकले देशमै विपद् व्यवस्थापनको क्षेत्रमा नमूना वस्ती निर्णाणका लागि प्रभवितहरुलाई रकम हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले सुरुमा अस्थायी घर बनाउनका लागि रु. २५ हजारका दरले दुई किस्तामा रु. ५० हजार प्रदान गरिएको बताउनुभयो । अस्थायी घर बनाउनका लागि दुई किस्तामा रु. २५/२५ हजार र त्यसपछि स्थायी आवास निर्माणका लागि प्रति परिवार रु. ४ लाख दिईने व्यवस्था गरिएको उहाँले बताउनुभएको छ् । गृहमन्त्री लेखकले गत असार २२, २३ र २४ गतेको बाढीका कारण ठुलो क्षति भएको बताउदै उद्धार कार्यमा सशस...
स्थिर सरकारका लागि कांग्रेस-एमाले सहकार्यः गृहमन्त्री लेखक

स्थिर सरकारका लागि कांग्रेस-एमाले सहकार्यः गृहमन्त्री लेखक

Breaking News 1, राजनीति, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले मुलुकमा स्थायी सरकार निर्माणका लागि दुई ठूला दल कांग्रेस र एमालेबीच सहमति भएको बताएका छन्। गृहमन्त्री बनेपछि गृहजिल्ला पुगेर मंगलबार आयोजित एक कार्यक्रममा उनले स्थायी सरकारको अवधारणा र सुशासन कायम राख्न दुई दलबीच सहमति आवश्यक रहेको स्पष्ट पारे। लेखकले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्दै भने, “प्रधानमन्त्री र मुख्यमन्त्रीले हरेक तीन–तीन महिनामा विश्वासको मत लिनुपर्ने अवस्थाको अन्त्यका लागि यो सहमति भएको हो। मुलुकमा विशेष परिस्थिति सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ।” उनले नेपाली राजनीतिक इतिहासमा ठूला परिवर्तनका समयमा पनि यी दुई दल मिलेर अघि बढेको स्मरण गराउँदै, स्थायी सरकार बनेपछि विकास र सुशासनको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे। त्यसैगरी, लेखकले द्धन्द्धका बेला ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज