Advertisement

कुतियाकवरका बाढी प्रभावितहरूका लागि आश्रय बन्दै ‘सुरक्षित आवास’

दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित कुतियाकवर बस्तीमा नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र निड्स नेपालद्वारा निमार्ण गरिएको सुरक्षित आवास कुतियाकवरका बाढी पीडितहरूका लागि महत्वपूर्ण आश्रयस्थल बनेको छ। दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर बस्तीमा बाढीबाट प्रभावित भएका स्थानिय बासिन्दाहरुका लागि दोधारा चाँदनी नगरपालिका, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)  र समुदायको झण्डै २७ लाख संयुक्त लगानिमा निर्मित सुरक्षित आवास महत्वपूर्ण आश्रय स्थल बनेको हो।

यस वर्षमा आएको अविरल वर्षासँगै महाकाली नदी र जगबुडा नदीको बाढीमा कुतियाकवर बस्ती डुबानमा परेको अवस्थामा बाढी प्रभावित वृद्ध, बालबालिका, गर्भवती महिला सहित ४२ घरपरिवारका स्थानीय बासिन्दाहरूले उक्त सुरक्षित आवासमा आश्रय लिएको स्थानियबासी खड्के बुढाले बताउनुभयो। यस्तै नेपाली सेनाले पनि २५ लाख लगानिमा उक्त बस्तीमा सुरक्षित आवास निमार्ण गरिदिएको खड्के बुढाले बताउनुभयो।

२०३९ सालदेखि वर्षेनी बस्तीमा बाढीले ठूलो क्षती गर्दै आएको र बस्ती जोड्ने झोलुङ्गे पुलको निमार्णसँगै कुतियाकवर बस्ती नेपालसँग जोडिन गएको उहाँले बताउनुभएको छ्। हालै नगरपालिका, विभिन्न संघसंस्था र नेपाली सेनाले कुतियाकवरबासीलाई बाढीको बेला ज्यान जोगाउन निमार्ण गरेको दुई वटा आवासले बाढीको बेला मानविय क्षति हुनबाट जोगाएको खड्के बुढाले बताउनुभएको छ।

महाकाली नदी र जगबुडा नदी बस्तीमा पसेर तहसनहस गरेको बेला स्थानीय बासिन्दाहरुले दुई वटै सुरक्षित आवास प्रयोग गरेका हुन्। दोधारा चाँदनी नगरपालिका कार्यालय, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को बाढीको पुर्व तयारी तथा प्रतिकार्यको लागि उक्त सुरक्षित आवास निमार्ण गरिएको हो। यस्तै नेपाली सेनाले शीघ्र प्रभावकारी परियोजनाअन्तर्गत बस्तीमा बाढीबाट बच्न सुरक्षित आवास निमार्ण गरिएको बताईएको छ।

अर्का स्थानीयबासी खिमा कंडेल शर्माले निमार्ण गरिएको दुई वटा सुरक्षित आवासको निर्माणले बाढीजन्य विपत्तिका समयमा उनिहरुलाई सुरक्षित स्थान प्राप्त गर्न मद्दत पुर्‍याउँदै आएको बताउनुभएको छ। जसले उहाँहरुको जीवन र सम्पत्तिको रक्षा गर्न महत्वपूर्ण योगदान रहेको उहाँको भनाई रहेको छ। सुरक्षित आवासलाई निरन्तर सुधार र थप व्यवस्थापन गरेर भविष्यमा पनि यस्ता विपद्को सामना गर्न सक्षम बनाउने प्रयास नगरपालिकाले गर्न आवश्यक रहेको उहाँको भनाई रहेको छ।

निर्माण भए देखिनै सुरक्षित आवासले कुतियाकवर बस्तीका स्थानीयबासीहरुलाई बाढी जस्ता प्राकृतिक विपद्का बेला सुरक्षित आश्रय प्रदान गर्दै आएको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज