Advertisement

ट्रेन्डिङ

डडेल्धुरामा चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई २ लाख राहत

डडेल्धुरामा चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई २ लाख राहत

अर्थ, ट्रेन्डिङ, समाचार
महेन्द्रनगर–डडेल्धुराको परशुराम नगरपालिका–१० मा चट्याङबाट मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप २ लाख प्रदान गरिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले मृतक अमर बहादुर विष्टकी श्रीमती पार्वती देवीलाई दुई लाखको चेक हस्तान्तरण गरेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले विपदमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख राहत वितरण गर्ने गरेको छ । अमर बहादुर विष्टको गत भदौ १६ गते चट्याङ लागेर मृत्यु भएको थियो । रुडुक डडेल्धुराले पनि परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीमार्फत मृतक बिष्टको परिवारलाई ‘वास किट’ वितरण गरेको छ । यसअघि परशुराम–८ की प्रतिभा धामीको परिवारलाई पनि २ लाख राहत वितरण गरिएको थियो ।...
जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन थाल्यो

जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन थाल्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, स्वास्थ्य
महेन्द्रनगर–जोगबुडा अस्पतालले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नंम्बर १२ रहेको जोगबुडा अस्पतालले शुक्रबारदेखि आफ्नो नयाँ भवनबाट सेवा दिन थालेको हो । परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले विधिबधरुपमा पुजा आजा गरी नयाँ भवनबाट सेवा प्रवाहको समुद्धघाटन गरेका हुन् । अस्पतालको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका नगर प्रमुख जोशीले चाडो भन्दा चाडो अस्पतालको थप, उपकरण सेवा सहित ब्यवस्थापकिय पक्षमा पहल गरिने बताए । संघ र प्रदेश सरकार समक्ष पटक–पटक पहल भइ रहेको उहाँले बताउनुभयो । भित्री मधेशका जनताले बाह्य शहर र मुलुकमा धाउनु नपरोस भनेर अस्पतालको सेवा प्रभावकारी बनाउन लागि परेको नगर प्रमुख जोशीले बताउनुभयो । ‘स्वास्थ्य सेवा बाट परशुराम र आलितालका कोहि पनि बासिन्दाले बाह्य मुलुक र धनगढी, काठमाडौं, नेपालगन्ज धाउनु नपरोस भनी जोगबुडा अस्पतालको सेव...
पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न, सुदूरपश्चिमबाट ७ सय ४९ मत खस्यो

पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न, सुदूरपश्चिमबाट ७ सय ४९ मत खस्यो

Breaking News 2, ट्रेन्डिङ, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‍को प्रथम निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशस्थीत दुई मतदान केन्द्रबाट आज(शुक्रबार) विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएकोमा ७ सय ४९ मत खसेको मतदान केन्द्र ‘ख’का मतदान अधिकृत टिकेन्द्र कुसुमीले जानकारी दिनुभयो । उहाँका अनुसार आजैबाट मतगणा हुने तयारी भईरहेकोछ । सबैसंगठनका प्रतिनिधिहरुको बैठक बसेपछि निर्णय हुने मतदान अधिकृत कुसुमीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा १ एक हजार ७ सय ८६ मतदाता रहेका छन् । परिषद्को निर्वाचनमा हालसम्म दर्ता भएका १३ हजार एक सय ३ जना दर्तावाल पशु स्वास्थ्य तथा पशु सेवा व्यासायी मतदाता रहनेछन् । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ बमोजिम परिषद्का १९ जना सदस्य मध्ये अध्यक्ष रजिष्ट्रार लगायत विश्व विद्यालय, सिटिइभिटी, नेपाल पशु चिकित्सा परिषद् तथा मन्त्रालयबाट प्रतिनिधित...
नवौं इन्टनरनेशन फुटबल कप मंगलबारदेखि सुरु हुदै

नवौं इन्टनरनेशन फुटबल कप मंगलबारदेखि सुरु हुदै

अर्थ, खेलकुद, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नवौ इन्टनरनेशन फुटबल कप मंगलबारदेखि सुरु हुन लागेको छ । नवौँ इन्टरनेशनल फुटवल कपको आयोजना मंगलबार(माघ १५ गते)देखि माघ २० गतेसम्म ईन्टरनेसनल पब्लिक स्कुलले आयोजनामा संञ्चालन हुन लागेको हो । उक्त प्रतियोगितामा ईन्टरनेशनल स्कूलका दुई टिम सहित १२ टीमविच प्रतिस्पर्धा हुने स्कुलका संयोजक महेन्द्र चन्दले जानकारी दिनुभयो । संयोजक चन्दका अनुसार उपाधि विजेता टीमले नगद ५० हजार, उप विजेताले ३० हजार सहित शिल्ड प्रमाण पत्र पाउनेछ । विद्यार्थीलाई खेलका लागि वातावरण बनाउने, प्रतिभा बाहिर ल्याउने र लागु औषध औषध लगायतका दुव्र्यसनबाट विद्यार्थीलाई सचेत गराउने उद्देश्य लिएर प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक चन्दले बताउनुभयो । प्रतियोगितामा मोर्निङ्ग ग्लोरी, एपेक्स गोदावरी, रेडियन्ट हायर सेकेन्ड्री, बैजनाथ मावि जडेपानी, महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण), सार्क एजुकेशन, बैजनाथ माध्यमिक वि...
भूमी आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष पन्तद्धारा पदभार ग्रहण

भूमी आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष पन्तद्धारा पदभार ग्रहण

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–भूमि आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष नेत्र प्रकाश पन्तले पदभार ग्रहण गरेका छन् ।   आज(सोमबार) अध्यक्ष पन्तले औपचारीक कार्यक्रमका विच पदभार ग्रहण गरेका हुन् । पन्तलाई केही दिन अघि सरकारले आयोग अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष पन्तले भूमि सम्बन्धी अधुरा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।   पदभार ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा, एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, युवासंघका पुर्व अध्यक्ष बचन सिह, एमाले नेता रविन्द्र कुँवर, कल्पना चौधरी, बेलौरीका उपप्रमुख जोगराम चौधरी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेर सिंह धामीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधी सहितको सहभागिता रहेको थियो ।  ...
औषधि खरिद अनियमिताबारे अध्यक्ष साउदले भने ‘मेरो संलग्नता छैन्, छानबिनका लागि अनुरोध गर्छु’

औषधि खरिद अनियमिताबारे अध्यक्ष साउदले भने ‘मेरो संलग्नता छैन्, छानबिनका लागि अनुरोध गर्छु’

Breaking News 1, अर्थ, ट्रेन्डिङ, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माविमा औषधि खरिदमा अनियमिताको आरोपबारे वडाध्यक्ष अर्जुन सिंह साउदले आफ्नो ध्यानार्कषण भएको जनाएका छन् । उनले सरस्वती माविमा औषधि खरिदमा अनिमिताको आरोपबारे प्रकाशित समाचारको खण्डन गदैँ उक्त घटनामा आफ्नो संलग्नता नरहेको दावि गरेका छन् । सरस्वती माविमा सिटिईभिटी अन्र्तगत तीन लाखको औषधी खरिद गर्दा अनियमिता भएको विद्यालयकै शिक्षकहरुले आरोप लगाएका छन् । सोही आरोपबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका साउदले समाचारको खण्डन गदैँ मिलोमतोमा अनिमिता भएको शिक्षक र स्थानीयको आरोपबारे गम्भीर ध्यान आकर्षण भएको बताएका छन् । ‘घटनामा विद्यालय व्यवस्थापन समितिको कुनै पनि किसिमको सहभागिता तथा संलग्नता नरहेको प्रष्ट पार्दछौँ ।’ उनले भने ‘उक्त विषयको सम्बन्धित निकायबाट आवश्य...
चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ

चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ

Breaking News 1, अर्थ, ट्रेन्डिङ, बागमती, मनोरञ्जन, सुदूरपश्चिम
महेन्द्रनगर–वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले चौध लाखबढि रकम चोरी गर्ने महिला र पुरुषलाई रकम सहित रंगेहात पक्राउ गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोक स्थित साईमन पार्टि प्यालेसको कार्यालयबाट चोरी गरी फरार रहेका रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० का २२ बर्षिय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३की २९ बर्षिया पुजा श्रेष्ठलाई नगद रु १२ लाख ५२ हजार ५८० र तिन थान मोवाईल सहित रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिका नगरको होटलबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । शुक्रबारदेखि चोरी गरी फरार दुबै जनालाई पक्राउ गर्न वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोग लिएको थियो ।   ईलाका प्रहरी कार्यालयमा चोरी भएको सूचना आउनेवित्तिकै प्रहरी परिचालन गरी...
दोधरा चाँदनी–६ मा एकैपटक सात सडक कालोपत्रेका योजना सुरु

दोधरा चाँदनी–६ मा एकैपटक सात सडक कालोपत्रेका योजना सुरु

Breaking News 2, अर्थ, ट्रेन्डिङ, सुदूरपश्चिम
महेन्द्रनगर -कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–६ मा सडक कालोपत्रे गर्न सुरु गरिएका छन् । वडाका विभिन्न सडकहरु कालोपत्रे गर्न वडा कार्यालयले योजना सुरु बढाएको हो । वडा अध्यक्ष ओम बस्नेतले एकैसाथ वडामा विभिन्न टोलमा सात वडा सडक कालोपत्रे गर्न काम सुरु गरिएको बताए । उनका अनुसार सडक ग्राभेलसँगै पानी पिच गरि सडक कालोपत्रे गरिनेछ । उनका अनुसार सोनाखरी–संगम चोक हुदैँ बोगटी टोलसम्म दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्रेका लागि काम भईरहेको छ । त्यस्तै संगम चोक देखि गलमेली टोलसम्म पाँच सय मिटर सडक कालोपत्रे हुदैँछ, भने गुरुङ्ग टोलमा चार सय मिटर र प्रधान टोलमा पाँच सय मिटर सडक कालोपत्रे गर्ने योजना छ । त्यस्तै भैरवथान–पत्थरनाला पाँच मिटर, पथ्थरनाला– बन्दाघाटसम्म दुई सडक मिटर सडक कालोपत्रेका लागि ठेक्कामार्फत काम अघि बढेको छ । मिलन चोक देखि फिल्म हलसम्म दुई सय मिटर सडक कालोपत्रे काम भईरहेको वडा...
युवा ब्यवसायी निराजन थापाको नेतृत्वमा नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ गठन

युवा ब्यवसायी निराजन थापाको नेतृत्वमा नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ गठन

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, सुदूरपश्चिम
महेन्द्रनगर -नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ कंचनपुरको जिल्ला अध्यक्षमा निराजन थापा सर्वसम्मत चयन हुनु भएको छ । नेपाली कांग्रेस कंचनपुरको पार्टी कार्यालयमा आज शनिबार सम्पन्न प्रथम अधिवेशन बाट थापाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा नवीन भट्ट, सचिवमा पुस्करराज जोशी, कोषाध्यक्षमा गणेश खत्री चयन भएका छन ।   त्यसैगरी समितिको सदस्यमा श्रीकृष्ण भट्ट,कृष्ण दत्त भट्ट, हरि पाण्डेय र गणेश कार्की चयन भएका छन । कार्यक्रमकको प्रमुख आतिथ्यता नेपाली कांग्रेस कंचनपुरका सभापति तथा भिमदत्तनगरपालिकाका मेयर पदम बोकटी गर्नु भएको थियो ।झण्डै अढाई दशक बढि समयदेखि यातायात व्यवसाय गर्दैै आएका नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निराजन थापाले व्यवसायीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । थापाले यस अघि पवनदुत ...
महेन्द्रनगर खुला मञ्चमा मंगलबारदेखि कञ्चनपुर पर्यटन महोत्सव संञ्चालन हुने, रेखा थापालगायतका राष्ट्रिय कलाकार आउदै

महेन्द्रनगर खुला मञ्चमा मंगलबारदेखि कञ्चनपुर पर्यटन महोत्सव संञ्चालन हुने, रेखा थापालगायतका राष्ट्रिय कलाकार आउदै

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा मंगलबारदेखि सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकिय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने नाराकासाथ नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्न लागेको हो ।     नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक ललित परियारको अध्यक्षतामा १ सय २१ सदस्यीय मुल आयोजक समिति र विभिन्न १४ उप समिति समेत गठन गरेर मेलाको तयारी गरिरहेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक एव मेला मुल आयोजक समितिका कार्यक्रम संयोजक ललित परियारले मेलाको तयारी तिव्र रुपमा अघि बढेको बताए । उनले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनु...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज