Advertisement

ट्रेन्डिङ

प्रदर्शनकारीलाई बालेनको अपिल : हाम्रो हातमा आइसक्यो, घर फर्कनुस्

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालबाट जेन–जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेनजी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’ उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’...
कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी – कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् । आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् । यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।
आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो

आन्दोलनकारीले राष्ट्रपति भवनमा लगाए आगो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ –जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ ।
कांग्रेसका सभापति देउवा दम्पतीमाथि कुटपिट

कांग्रेसका सभापति देउवा दम्पतीमाथि कुटपिट

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ – प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् । अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।...
राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ–प्रधानमन्त्री केपी शर्माओलीले राजीनामा दिएका छन । केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् । ‘‘हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७(१) क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीले आफ्नो राजीनामामा भनेका छन् ।     प्रधानमन्त्रीको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति गरीसकेका छन् । भने सुरक्षा नियकायले पनि बार्ताकालागि आन्दोलनकारीलाई आह्वान गरीसकेका छन् ।...
कञ्चनपुरमा कांग्रेस–एमाले पार्टी कार्यालयमा आगजनी

कञ्चनपुरमा कांग्रेस–एमाले पार्टी कार्यालयमा आगजनी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भ्रष्टाचारी नेताहरूमाथि कारवाहीको माग गर्दै देशव्यापी आन्दोलनमा उत्रिएका जेनजी पुस्ताले कञ्चनपुरमा समेत प्रदर्शन गरेका छन् । जिल्ला सदरमुकाम महेन्द्रनगरसहित पूर्वपश्चिम राजमार्गमा पर्ने विभिन्न बजारहरू, लालपुर, दैजी, झलारीमा स्थानीय युवाले प्रदर्शन गरेका छन् । महेन्द्रनगरस्थित सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् । भीमदत्त नगरपालिका कार्यालयमा समेत आगजनी गरिएको छ । महेन्द्रनगरमा आन्दोलन उग्र बन्दै जाँदा सुरक्षाकर्मीले संयमता अपनाएका छन् । महेन्द्रनगर बजारका मुख्य चोकहरू भानुचोक, मदन चोक, दशरथचोकमा आन्दोलन भइरहेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले प्रदर्शनकारीमाथि गोली प्रहार गरेर मृत्यु भएको घटनाको शोकमा बजार बन्दको घोषणा गरेको छ ।...
कञ्चनपुर जिल्लामा पनि निषेधाज्ञा जारी

कञ्चनपुर जिल्लामा पनि निषेधाज्ञा जारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चपनुर जिल्लामा पनि निषेधाज्ञा जारी गरीएको छ । जिल्लाको महेन्द्रनगर बजार क्षेत्र र पालिका केन्द्रमा सार्वजनिक शान्ति तथा अमन चयन कायम राख्न भन्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले निषेधाज्ञा जारी गरेका हुन् । जेन जेड को पक्षमा उत्रिएको प्रदर्शनकारीहरुले तोडफोड, आगजनी लगायतका क्रियाकलापलाई मध्यनजर गर्दै ११ बजेदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी ढकालले निषेधाज्ञा जारी गरेका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१) र ६(३) बमोजिम कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर बजार तथा बजार क्षेत्रको ३ किलोमिटर परिषरको क्षेत्र, पूर्व पश्चिम राजमार्गको दायाँबायाँ ३ तिन किलोमिटर र बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडीको पालिका केन्द्र भित्रका बजार क्षेत्रमा निषेधाज्ञा लागु गरीएको छ । निषेधाज्ञा गरीएको क्षेत्रमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला,...
जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपा नेता हमाल पक्राउ

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपा नेता हमाल पक्राउ

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं–जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का केन्द्रीय सदस्य रविकिरण हमाल पक्राउ परेका छन्। सोमबार जेनजीको आन्दोलनमा सहभागी भएर बूढानीलकण्ठ पुगेका हमाललाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो। हमाल राजावादीहरुको आन्दोलनमा समेत सहभागी हुँदै आएका राप्रपाका युवा नेता हुन्। जेन–जी पुस्ताको आन्दोलनमा सहभागी हुने क्रममा उनले प्रधानमन्त्री ओलीलाई सरेन्डर (आत्मसमर्पण) गर्न आग्रह गरेको भिडियो टिकटकमा सार्वजनिक भएको थियो।  ...
काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश

Breaking News 1, samachar, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ। आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो। हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो । प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८ बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू(भागमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कु...
जेन–जी आन्दोलनका क्रममा भएको घटनाप्रति प्रधानमन्त्री ओली दुखी, छानबिन समिति गठन गरी सिघ्र छानविन गरीने घोषणा

जेन–जी आन्दोलनका क्रममा भएको घटनाप्रति प्रधानमन्त्री ओली दुखी, छानबिन समिति गठन गरी सिघ्र छानविन गरीने घोषणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आह्वान गरेको सोमबारको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै छानविनका लागि समिति गठन गर्ने बताएका छन् । प्रदर्शनका क्रममा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिमा नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले यसलाई ‘अत्यन्तै मर्माहत बनाउने घटना’ भनेका छन् । प्रधानमन्त्री ओलीले सरकार जेन–जी पुस्ताको मागप्रति संवेदनशील रहेको स्पष्ट पार्दै विज्ञप्तीमा भनेका छन् , “हामी मागलाई सुन्दै थियौं, तर घुसपैठीयाहरुले संवैधानिक संस्थाहरुका कार्यालयमा तोडफोड र आगजनी गरेपछि राज्यको सम्पत्ति जोगाउन बाध्य भएर सरकार कारबाहीमा उत्रियो।” प्रधानमन्त्रीले प्रदर्शनका आयोजक स्वयंले प्रदर्शन सफल भएको भन्दै आह्वान फिर्ता गरिसकेपछि मात्र तोडफोड र आगजनी गर्ने गतिविधि भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज