Advertisement

Author: नयाँ खबर

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको रकमबाट पत्रकार विवशलाई उपचार गर्न सहयोग गरिएको हो । पत्रकार विवश केही दिनदेखि पेटको बिरामीले महाकाली अस्पतालमा बेड भर्ना भएका छन । आर्थिक अभावले थला परेका पत्रकार विवशलाई क्रियाशिल पत्रकारको टोलीले उपचार खर्च सहयोग गरेको छ। क्रियाशिल पत्रकारका अगुवा एव नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायाले पत्रकार विवशलाई नगद ५ हजार औषधी खर्च हस्तान्तरण गरेका छन । विकल्प दैनिकका सम्पादक पत्रकार विवश एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य हुन । होलि खेलेर उठेको रकमबाट यस अघि जिल्लाका अन्य पत्रकारलाई उपचार खर्च गरिएको थियो । दुई दशक बढि समयदेखि पत्रकारिता गर्दै आएका उनी समसामयिक समाजिक, आर्थिक, साँस्कृतिक विषय उठान गर्दै आएका छन । सहकर्मी ...
बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

बेलौरीको जेनजी समुहले भन्यो, ‘नगर प्रमुख, प्रदेश सांसददेखि जनप्रतिनिधी कर्मचारीलाई धम्की दिएर सुशासन आउँदैन’

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
दिनेश चौधरी, महेन्द्रनगर - कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न जेनजी समुहका युवाहरुले थरीथरीका माग अघि सार्दै ज्ञापन पत्र बुझाउनेक्रम जारी छ । विष्णू अवस्थी नेतृत्वको जेनजी समुहले बेलौरीमा जेनजी चोकदेखि भ्रष्टाचार मुक्तको विषय उठान गरेको छ । मनोज चन्द सहितका जेनजी पक्षधरहरुले भारतीय पक्षबाट बेलौरी नपा ८ पचुईमा अवरोध गरिएको सडक स्तरोन्नतीको माग अघि सारेको थियो । धर्मेन्द्र गिरी पक्षधरले स्वास्थ्य सरसफाई, नागरिक सेवाका माग अघि सारेका छन । बुधबार सिबाजी कुँवर, ऋर्चा चौधरी नेतृत्वको जेनजी समुहले पनि ज्ञापन पत्र बुझाएको छ । चौधरी नेतृत्वकोे दर्जनौँ जेनजी पक्षधरहरुले नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराज चौधरी, प्रदेश सभा सदस्य दिवान सिह विष्ट सहित जनप्रतिनिधी व्यक्तिको चरित्र हत्या, मान मर्दन हुने गरेर उनीहरुको घर तथा व्यक्तिगत सम्पत्ती जलाउने एवं आन्दोलनमा आएका केही व्यक्तीहरु बाट कर्म...
‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ – नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा करिब ३४ प्रतिशत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग भएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ। अनलाइन संवाद नक्कली अकाउन्ट र कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रोफाइलबाट फैलाइएको सो अनुसन्धानको निष्कर्ष छ। इजरायलको तेलअभिभमा रहेको साइबर इन्टेलिजेन्स कम्पनी सायाब्राले गरेको अनुसन्धानमा नेपालमा हालै भएको जेन-जी आन्दोलन वास्तविक प्रयोगकर्तासँग नक्कली मिसिएर अतिवादी बनाइएको उल्लेख छ। जेन-जी प्रोटेस्ट, वेकअप नेपालजस्ता ह्यासट्याग प्रयोग गर्दै आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउने दिशामा धकेल्न केही नक्कली प्रयोगकर्ताहरूको भूमिका रहेको सो अनुसन्धान प्रतिवेदनमा भनिएको छ। सायाब्राले खुलासा गरेअनुसार भदौ २३ र २४ मा भएको प्रदर्शनका लागि सामाजिक सञ्जालमा आह्वान गर्ने हरेक तीन प्रयोगकर्तामध्ये एक नक्कली खाताधारक रहेको पाइएको हो। सायाब्राले सामाज...
बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ–एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ । जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ । ‘सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिन्छौं,’ अखिलका महासचिव दीपक धामीले भने । आजदेखि जिल्ला जिल्लामा जाहेरी दिने उनले बताए । ‘केन्द्रको समन्वयमा जिल्ला जिल्लामा आजदेखि जाहेरी दिन्छौं,’ उनले भने ।...
कोशी प्रदेश सरकाले हेलिकप्टर मार्फत इलामका विभिन्न ठाउँमा राहत पुर्‍याउँदै

कोशी प्रदेश सरकाले हेलिकप्टर मार्फत इलामका विभिन्न ठाउँमा राहत पुर्‍याउँदै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
विराटनगरः कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरुका लागि विभिन्न राहत सामग्री पुर्‍याएको छ। बिहान हेलिकप्टर मार्फत राहत सामग्री पुर्‍याएको हो। कोशी प्रदेश सरकारका कोशी मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहतलाई तीव्र रुपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाइ एको जानकारी दिनुभयो। कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामग्री पठाएको हो। मुख्यमन्त्रीले स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टर मार्फत पठाईएको जानकारी दिनुभयो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु इलामका लागि पठाइएको छ। प्रदेश सरकारले अस...
जनताको सेवा र सुरक्षामा खटिन राष्ट्रिय युवा संघ, नेपालको आह्वान

जनताको सेवा र सुरक्षामा खटिन राष्ट्रिय युवा संघ, नेपालको आह्वान

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ - नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर भइरहेका अविरल वर्षाका कारण उत्पन्न विपद्‌पूर्ण अवस्थाको बीचमा आफ्ना कार्यकर्तालाई जनताको सेवा र सुरक्षामा सक्रिय रूपमा खटिन आह्वान गरेको छ। संघका अध्यक्ष क्षितिज थेबेद्वारा आज जारी विशेष सर्कुलरमा युवा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जनताको साथमा रही उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन गरिएको छ। सर्कुलरमा विपद्को जोखिम भएका स्थानहरू पहिचान गरी सतर्क रहन, उद्धार तथा राहतका कार्यमा सक्रिय सहभागिता जनाउन र जनएकताको भावना सृजना गर्न कार्यकर्ताहरुलाई आग्रह गरिएको छ। साथै, पीडित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न र अत्यावश्यक सामग्री वितरणमा सहयोग गर्न समेत संघले अनुरोध गरेको छ। त्यस्तै, विपद् व्यवस्थापनका क्रममा स्थानीय निकाय, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गर्दै कार्य गर्न तथा सम्बन्धित प्र...
जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा अन्दाजी ४६करोड ७१ लाख बढीको क्षति भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जेनजी आन्दोलनका क्रममा व्यक्तिका निजी घर, सरकारी सार्वजनिक सम्पत्तीमा तोडफोड, लुटपाट एव आगजनी गरेर ४६ करोड, ७१लाख, ५४ हजार ७६ रुपैया बराबरको क्षति भएको छ । २४ विभिन्न सरकारी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट गरेर १४करोड, २८लाख, ६४ हजार, १९ निजी निवासमा पनि आगजनी, तोडफोड, लुटपाट गरेर ११करोड, १५लाख, ५० हजार ५सय ५८रुपैया, काँग्रेस, एमाले, माओवादीका ५ पाटी कार्यालय ७०लाख, ३८ हजार, दुई क्यासिनो सहितका ६ व्यवसायिक केन्द्रमा १८करोड, ३८लाख, ५४ हजार, ७ प्रहरी कायर्उालय ६३ हजार ७सय, १९ सवारी साधन २करोड, १७लाख, १०हजार ५१८ र एक एनसेल सेन्टरमा ३लाख बराबरको क्षतिग्रस्थ भएको छ । कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले प्रहरीले प्रारम्भिक मुचुल्का...
‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–‘हपुज तडका घुईयाघाट’ रेष्टुरेन्टको शाखा महेन्द्रनगरको भाषिमा संञ्चालनमा आएको छ । कैलालीको धनगढी बजारमा लोकल कुखुराको परिकारका लागि चर्चित रहेको ‘हपुज तडका घुईयाघाट’ रेष्टुरेन्टको शाखाकोरुपमा महेन्द्रनगरको भाषिस्थीत महेन्द्र हाईवेईमा(चेतन होटलनजिक) आईतवारदेखि संञ्चालनमा आएको हो । दिनेश राना, भुवन मल्ल लगायतका युवाहरुको संयुक्त लगानीमा संञ्चालन गरीएको उक्त रेष्टुरेन्टमा लोकल कुखुराका विभिन्न स्वादका परिकार सहित माछाका परिकारसमेत लिन सकिनेछ । हपुज तडकाका संचालक दिनेश रानाले धनगढीमा दुई शाखासंगै महेन्द्रनगरमा समेत शाखा विस्तार गरेको बताए । उनले विभिन्न स्वादमा परिकार पाईनुका साथै माछाको परिकारपनि पाईने बताए । अर्का संचालक भुवन मल्लले महेन्द्रनगर क्षेत्रका ग्राहकको माग र आवश्यकताका आधारमा उक्त रेष्टुरेन्ट खोलिएको बताए । उनले लोकल कुखुराको विभिन्न परिकारको स्वाद लिनका लागि ‘हपुज तडक...
कञ्चनपुरका १३ जना कहा“ गएहोलान् ? जिल्ला प्रहरीले खोजी गर्दै

कञ्चनपुरका १३ जना कहा“ गएहोलान् ? जिल्ला प्रहरीले खोजी गर्दै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरका १३ जना मानिस साउनदेखि हराईरहेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएको साउन महिनादेखि असोज १२ गतेसम्मको समयावधिमा ६ महिला, २ बालक र ५ जना बालिका गरी १३ जना मानिस हराईरहेकाहुन । जिल्ला प्रहरी कार्यालयमा ३६ जना मानिस हराएको निवेदन आएको भएपछि प्रहरीले २३ जना मात्रै खोजी तालासी गर्न सकेको छ । जिल्लामा १५ जना महिला, ९ जना बालक र १२ जना बालिका हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा आएको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी उपरीक्षक(एसपि) खड्क बहादुर खत्रीले बताए । उनले साउनदेखि असोजसम्म ३६ जना मानिस हराएको निवेदन परेकोमा २३ जनाको खोजी गरी परिवारको जिम्मा लगाईएको बताए ।...
२१ बर्षपछि ज्यान मुद्दाका फरार कैदी पक्राउ

२१ बर्षपछि ज्यान मुद्दाका फरार कैदी पक्राउ

Breaking News 2, samachar, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार कैदीलाई २१ वर्षपछि पक्राउ गरेको छ । कैलालीको साविकको रामशिखरझाला–७ हाल घोडाघोडी नगरपालिका–४ का छत्रबहादुर रावललाई फरार भएको लामोसमयपछि प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्याालय कैलालीका अनुसार आइतवार निज रावललाई जिल्ला कारागार कार्यालय कैलाली पठाई सकिएको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट जन्मकैद र उच्च अदालतबाट १० वर्ष कैद सजाय पाई कारागार कार्यालय कैलालीमा कैद भुक्तान गरिरहेको अवस्थामा २०६१ सालमा रावल फरार भएका थिए । तत्कालीन नेकपा(माओवादी)ले कारागारमा आक्रमण गर्दा फरार भएका रावललाई २०६६ सालमा सर्वोच्च अदालतले १० वर्ष कैद सजाए गरेको थियो । फरार रावललाई भदौ ११ गते माघी गाउँबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेशदत्त अवस्थीले बताए ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज