Advertisement

मन्त्री सार्कीद्धारा कैदीबन्दीलाई खेलकुद र शैक्षिक सामाग्रि हस्तान्तरण

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिह सार्कीेले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दिलाई खेलकुद र शैक्ष्कि सामाग्रि हस्तान्तरण गर्नुभएको छ । आईतबार कैदीहरुलाई खेलकुद योग, ध्यान तथा सकारात्मक सोच सम्बन्धी तालिमको उद्दघाटन गर्नुहुँदै मन्त्री शार्कीले खेलकुद लगायत शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

पाँच दिने योग शिविरमा पतंजली योग समिती नेपाल कञ्चनपुरका सचिव पवन कुमार पनेरु, महिला पतंजली योग समिति कञ्चनपुरका अध्यक्ष कमला पाण्डे र युवा नेपाल समिति कञ्चनपुरका अध्यक्ष गणेश दत्त भट्टले प्रशिक्षण दिन सुरु गर्नुभएको छ । कारागारमा हाल क्षमता भन्दा झण्डै चारगुणा बढी कैदीबन्दि रहेका छन् ।

 

९५ जनाको क्षमता रहेको कारागारमा हाल २५ महिला र ४२८ पुरुष गरि ४ सय ५३ कैदीबन्दी रहेका छन् । विस. २०२४ सालमा निर्माण गरिएको उक्त कारागार भवन अहिले जिर्ण बन्दै गएको छ ।
तालिमको उद्दघाटन गर्दै मन्त्री शार्कीले कारागारको नयाँ भवन निर्माणका लागी मन्त्रालयले यसै वर्षदेखी प्रक्रिया थाल्ने प्रतिबद्धता जनाए । तालिममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी खड्क बहादुर खत्री र प्रहरी नायव उपरीक्षक डिएसपी सागर बोहरा सहितको उपस्थिती रहेको थियो ।
गत आर्थिक वर्षमा मन्त्रालयले ३४ कोठे नयाँ कारागार भवन निर्माणका लागि भन्दै रातोकिताबमा ५० लाख बिनियोजन गरिएको थियो । तर भवन निर्माणका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढन नसक्दा कैदी व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनका जेलर रामदत्त जोशीले बताउनुभयो ।
भवन निर्माण प्रक्रिया सिघ्र अगाडि बढाईदिन उहाँले आग्रह गर्नुभयो । कारागारमा रहेका कैदीहरुले मुडा, फर्निचर, पलङ्ग, दराज, मुर्ती, मन्दिर लगायतका सामाग्रीहरु बनाउने गरेका कारागारका नाइके टेकराज जोशीले जानकारी दिए ।
विगत ४ वर्षयता पहिलो पटक यसै वर्ष १५ जना कैदीहरुलाई तालिम पनि प्रदान गरिएको कारागारका नाइके जोशीले जानकारी दिए । कैदीहरुले बनाएका सामाग्रीहरु समय समयमा बाहिर बिक्रिका लागी समेत पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज