Advertisement

‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

काठमाण्डौ – नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा करिब ३४ प्रतिशत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग भएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ। अनलाइन संवाद नक्कली अकाउन्ट र कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रोफाइलबाट फैलाइएको सो अनुसन्धानको निष्कर्ष छ।
इजरायलको तेलअभिभमा रहेको साइबर इन्टेलिजेन्स कम्पनी सायाब्राले गरेको अनुसन्धानमा नेपालमा हालै भएको जेन-जी आन्दोलन वास्तविक प्रयोगकर्तासँग नक्कली मिसिएर अतिवादी बनाइएको उल्लेख छ। जेन-जी प्रोटेस्ट, वेकअप नेपालजस्ता ह्यासट्याग प्रयोग गर्दै आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउने दिशामा धकेल्न केही नक्कली प्रयोगकर्ताहरूको भूमिका रहेको सो अनुसन्धान प्रतिवेदनमा भनिएको छ।
सायाब्राले खुलासा गरेअनुसार भदौ २३ र २४ मा भएको प्रदर्शनका लागि सामाजिक सञ्जालमा आह्वान गर्ने हरेक तीन प्रयोगकर्तामध्ये एक नक्कली खाताधारक रहेको पाइएको हो। सायाब्राले सामाजिक सञ्जालको सत्यता र अनलाइन भ्रामक सूचनाको विश्लेषणमा विशेषज्ञता राख्छ। त्यसले नक्कली प्रोफाइलहरू सक्कली प्रयोगकर्तासँग यति सहज ढंगले घुलमिल भएको बताएको छ कि सक्कली र हेरफेर गरिएको गतिविधि छुट्याउनै गाह्रो हुन्छ। कम्पनीको अनुसन्धानले नक्कली खाताहरूले हिंसात्मक बयानलाई बढावा दिएर युवा नेतृत्वको प्रदर्शन वरपरको सक्कली अनलाइन छलफललाई बिगारेको बताएको छ।
सायाब्रा एक सामाजिक सञ्जाल गुप्तचर कम्पनी हो, जसले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर नक्कली खाता, समन्वित असक्कल व्यवहार र भ्रामक अभियान पत्ता लगाउँछ। साइब्राको विश्लेषणअनुसार अधिकांश सहभागी सुधारको माग गर्ने सक्कली आवाज भए पनि प्रदर्शनसम्बन्धी छलफलमा संलग्न हरेक तीन खातामध्ये एक नक्कली वा समन्वित अभियानको हिस्सा थियो। यी खाताहरूले चरम र टकरावपूर्ण सामग्रीलाई बढावा दिएर एक्स (पूर्वट्विटर), मेटा (फेसबुक), टिकटकजस्ता प्लेटफर्ममा फैलाए।
सामाजिक सञ्जालमा सुरु भएको प्रदर्शन, जुन तीन नेपोकिड ह्यासट्यागबाट सुरु भएको थियो र ती राजनीतिक नेताहरूका सन्तानको विलासी जीवनशैलीविरुद्ध थियो। सोही कारण भदौ २३ गते ‘शान्तिपूर्ण’ प्रदर्शनको आह्वान गरिएको थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २६ सामाजिक सञ्जाल एपमाथि अचानक प्रतिबन्ध लगाएपछि प्रदर्शनमा अप्रत्यासित रूपमा ठुलो भिड जम्मा भयो।
हजारौं सक्कली युवा प्रयोगकर्ताले भ्रष्टाचारको अन्त्य र ठुलो जवाफदेहिताको माग गर्दै सामाजिक सञ्जालमा सन्देश पोस्ट गरेका थिए। तर सायाब्राले दाबी गरेअनुसार समन्वित नक्कली खाताले बनाएको गलत बयान विश्वभर ३२ करोडभन्दा धेरै सम्भावित दर्शकसम्म पुगेको थियो। प्रदर्शनको आह्वानपछि भएको व्यापक प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घाइते भए। हिंसा भड्किएपछि अन्ततस् प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भए।
सायाब्राको अध्ययनले समन्वित नक्कली खाताले कृत्रिम बुद्धिमताद्वारा निर्मित भिजुअल प्रयोग गरेको, जेन-जी प्रोटेस्ट र वेकअप नेपाल जस्ता ह्यासट्याग हाइज्याक गरेको र सक्कली प्रोफाइलसँग अन्तरक्रिया गरेर वैध देखाउन खोजेको पाइयो।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका साइबर सुरक्षा अनुसन्धानकर्ता डा। राजीव सुब्बाले यस्तो हेरफेरले महत्वपूर्ण राष्ट्रिय घटनालाई प्रभावित गर्न सक्नु दुखद भएको बताए। ‘तर यो विश्वभर, विकसित देशहरूमा पनि देखिने निरन्तर गलत अभ्यासमध्ये एक हो। साइबरस्पेसलाई निश्चित एजेन्डा पूरा गर्न हतियार बनाइँदै छ र देश र सरकारले यस्ता खतराहरू सामना गर्न सतर्क हुनुपर्छ,’ सुब्बाले भने ।
– नागरीक दैनिकबाट

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज