नयाँ खबर
महेन्द्रनगर–नेपालको शिक्षा प्रणालीमा प्रविधि समावेशीकरणको उद्देश्यसहित नोट स्विफ्ट प्रा.ली.द्धारा आयोजना गरिएको ‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम सोमवार सम्पन्न भएको छ । ‘फर दि फ्युचर अफ एजुकेसन इन नेपाल’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागितासहित महेन्द्रनगरमा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखाका प्रतिनिधि राम दत्त भट्ट, सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयकी उप–प्राध्यापक निशा भट्ट, वेदा एपका का प्रमुख कार्यकारी अधिकृत निर्देश द्वा, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथ, तथा नोट स्विफ्टका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत विकास पाण्डेयजस्ता प्रतिष्ठित व्यक्तित्वहरू वक्ताका रूपमा सहभागी थिए। कार्यक्रम नोट स्विफ्टका सिईओ विषाल भट्टको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा ग्रामीण शिक्षा प्रणालीमा विद्यमान चुनौतीहरूको पहिचान गर्दै प्रविधिमैत्री समाधानहरूबारे गहन छलफल गरिएको थियो। वक्ताहरूले डिजिटल प्रविधिको प्रयोगमार्फत शिक्षा प्रणालीमा गुणात्मक सुधार ल्याउन सकिने विषयमा आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। विशेषतः नेपालका दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई प्रविधिको सहायताले कसरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा केन्द्रीय छलफल भएको थियो ।
देशका ग्रामिण शिक्षाको पहुँच र गुणस्तर सुधार प्रालिको मुख्य उदेश्य रहेको बताउदै त्यसका लागि समाधानका उपायका लागि नीति निर्माणमा सहयोग पुग्ने स्विफ्टका अधिकृत पाण्डेयले बताउनुभयो । ‘ग्रामीण नेपालमा शिक्षाको पहुँच र गुणस्तर सुधार गर्नु हाम्रो मुख्य उद्देश्य हो,’ स्विफ्टका अधिकृत पाण्डेयले भने ‘यसका लागि एड–टेक समाधानहरूलाई नीति निर्माणमा समावेश गर्नुपर्छ ।’
कार्यक्रमबाट प्राप्त सिफारिस, निष्कर्ष, र छलफलहरू समेटिएको विस्तृत प्रतिवेदन चाँडै नीति निर्माताहरू समक्ष पेश गरिने तथा डिजिटल शिक्षाको प्रवर्द्धनका लागि कार्य योजनाहरूको निर्माण गरिने जानकारी समेत आयोजकले दावि गरेको छ । नोट स्विफ्टले डिजिटल शिक्षा, कृत्रिम बुद्धिमत्ता, र प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यस कार्यक्रमलाई डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण गरिने छ , जसले देशभरका सरोकारवालाहरूलाई जोड्न सफल भइने आयोजकले जनाएको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।