Advertisement

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्चनपुरका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा आधारभूत पूर्वाधार विकासका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले श्री सत्यवादी माध्यमिक विद्यालय तथा श्री शिव ज्ञानेश्वर आधारभूत विद्यालय, महेन्द्रनगरलाई डिजिटल शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउन कम्प्युटर खरिदका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका सिनियर एरिया म्यानेजर सुशील बहादुर सिंह, शाखा प्रबन्धक खेमराज उपाध्याय, व्यवसाय विकास प्रबन्धक अन्जु भट्ट तथा दुवै विद्यालयका प्रधानाध्यापक र शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयको आवश्यकता पहिचान गरी गरिएको सहयोगका लागि एनएमबी बैंकप्रति आभार व्यक्त गर्दै यसले विद्यालयमा सूचना–प्रविधिमैत्री शिक्षण प्रणाली विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सिनियर एरिया म्यानेजर सुशील बहादुर सिंहले शिक्षा क्षेत्रमा गरिएको लगानीले समाजको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो। उहाँले संस्थागत सामाजिक उत्तरदायित्व र वित्तीय साक्षरतालाई सँगसँगै अघि बढाउँदै समुदायको समग्र विकासमा योगदान पुर्‍याउने बैंकको अभियान आगामी दिनमा पनि निरन्तर रहने बताउनुभयो ।
एनएमबी बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा समुदायमुखी गतिविधिमा निरन्तर सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज