Advertisement

जंगली हात्तीबाट अन्नवाली जोगाउन एनएनएनएसडब्लुएद्धारा सर्चलाईट सहयोग

दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) कञ्चनपुरले दोधारा चाँदनी नगरपालिमा भएको जंगली हात्तीबाट अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न सर्चलाईट सहयोग गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) ले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारी टोलमा बिगत एक महिना देखि जंगली हात्तीले मध्यरातमा किसानहरुको गहुँवाली वाली र तेलहनवाली नष्ट गर्दै आएपछि अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न सर्चलाईट सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले नगरपालिकाले जंगली हात्तीको आतंक रोक्न बिभिन्न प्रयास गर्दै आएपनि सफल नभएको बताउनुभएको छ् । उहाँले हात्तीबाट अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) ले २० थान सर्चलाईट सहयोग गरेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

केही दिन अघि पनि दोधारा चाँदनी नगरपालिकाले सो क्षेत्रमा सर्चलाईट बितरण गरेको समेत नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । वन्यजन्तुबाट खेतवालीमा जोगाउन स्थानियबासीहरु रातभरी आगोको धुनी बालेर, पटका पड्काएर र थाली बजाएर जाग्रम बस्दै आएको उहाँको भनाई रहेको छ् । संस्थाबाट प्राप्त भएको सर्चलाईट हात्तीपिडित क्षेत्रका स्थानियबासीहरुलाई चाडै बितरण गरिने नगरप्रमुख लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकामा मानव र वन्यजन्तु बिच द्धन्द्ध हुदै गर्दा संस्थाले बिभिन्न समयमा वन्यजन्तुबाट अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न दोधारा चाँदनी नगरपालिका संग समन्वय र सहकार्य गरि स्थानियबासीहरुलाई सहयोग गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाको बिशेष गरि बडुवाल टोल र संसारीटोल आसपासका बस्तीहरुमा वन्यजन्तुले किसानहरुको अन्नवाली नष्ट गर्ने, घर भत्काईदिने र बेलाबखत मानविय क्षती गर्दै आएको कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभयो । किसानहरुले लगाएको अन्नवाली नष्ट गर्नुको साथै बेलाबखत जंगली जनावरहरुले मानविय क्षती गर्दै आएपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले सरोकारवाला निकाय संग वन्यजन्तु नियन्त्रणको लागी पहल गर्दै आएको छ् । बिशेष गरि दोधारा चाँदनी नगरपालिकाको भारतिय जंगल संग जोडिएको बस्ती र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको आसपासको बस्तीहरुमा वन्यजन्तुको आतंक दिनहु बढ्दै गएको छ् ।

अधिकांश स्थानियबासीहरु कृषीमा आश्रित रहदै आएका हुदा जंगली जनावरले वालीनाली नष्ट गर्न थालेपछि भोकमरीको चिन्ताले सताउन थालेको छ् । अहिले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारी टोलमा जंगली हात्तीको आतंक बढ्दो छ् । मध्यरातमा बस्तीमा जंगली हात्ती पसेर एक रातमा दर्जनौ किसानहरुको गहुँवाली नष्ट गर्न थालेपछि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) को सुद्दढ परियोजनाले गहुँवाली जोगाउन र मानविय क्षती रोक्न सर्चलाईट सहयोग गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) ले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज