महेन्द्रनगर–नवौ इन्टनरनेशन फुटबल कप मंगलबारदेखि सुरु हुन लागेको छ । नवौँ इन्टरनेशनल फुटवल कपको आयोजना मंगलबार(माघ १५ गते)देखि माघ २० गतेसम्म ईन्टरनेसनल पब्लिक स्कुलले आयोजनामा संञ्चालन हुन लागेको हो । उक्त प्रतियोगितामा ईन्टरनेशनल स्कूलका दुई टिम सहित १२ टीमविच प्रतिस्पर्धा हुने स्कुलका संयोजक महेन्द्र चन्दले जानकारी दिनुभयो । संयोजक चन्दका अनुसार उपाधि विजेता टीमले नगद ५० हजार, उप विजेताले ३० हजार सहित शिल्ड प्रमाण पत्र पाउनेछ ।
विद्यार्थीलाई खेलका लागि वातावरण बनाउने, प्रतिभा बाहिर ल्याउने र लागु औषध औषध लगायतका दुव्र्यसनबाट विद्यार्थीलाई सचेत गराउने उद्देश्य लिएर प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक चन्दले बताउनुभयो ।
प्रतियोगितामा मोर्निङ्ग ग्लोरी, एपेक्स गोदावरी, रेडियन्ट हायर सेकेन्ड्री, बैजनाथ मावि जडेपानी, महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण), सार्क एजुकेशन, बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगर, फ्लोरिडा इन्टरनेशनल हायर सेकेन्ड्री स्कुल, लिटिल बुद्ध एकेडेमी र सनलाइट बोर्डिङ्ग स्कुल बाणीले टीम दर्ता गराएका छन् । सोमबार विद्यालयमा खेल तालिका(टाइसीट) पनि सार्वजनिक गरीएको छ । गतबर्षको सम्पन्न आठौ संस्करणमा १६ टीमले भाग लिएका थिए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।