Advertisement

Day: १४ माघ २०८१, सोमबार

नवौं इन्टनरनेशन फुटबल कप मंगलबारदेखि सुरु हुदै

नवौं इन्टनरनेशन फुटबल कप मंगलबारदेखि सुरु हुदै

अर्थ, खेलकुद, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नवौ इन्टनरनेशन फुटबल कप मंगलबारदेखि सुरु हुन लागेको छ । नवौँ इन्टरनेशनल फुटवल कपको आयोजना मंगलबार(माघ १५ गते)देखि माघ २० गतेसम्म ईन्टरनेसनल पब्लिक स्कुलले आयोजनामा संञ्चालन हुन लागेको हो । उक्त प्रतियोगितामा ईन्टरनेशनल स्कूलका दुई टिम सहित १२ टीमविच प्रतिस्पर्धा हुने स्कुलका संयोजक महेन्द्र चन्दले जानकारी दिनुभयो । संयोजक चन्दका अनुसार उपाधि विजेता टीमले नगद ५० हजार, उप विजेताले ३० हजार सहित शिल्ड प्रमाण पत्र पाउनेछ । विद्यार्थीलाई खेलका लागि वातावरण बनाउने, प्रतिभा बाहिर ल्याउने र लागु औषध औषध लगायतका दुव्र्यसनबाट विद्यार्थीलाई सचेत गराउने उद्देश्य लिएर प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक चन्दले बताउनुभयो । प्रतियोगितामा मोर्निङ्ग ग्लोरी, एपेक्स गोदावरी, रेडियन्ट हायर सेकेन्ड्री, बैजनाथ मावि जडेपानी, महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण), सार्क एजुकेशन, बैजनाथ माध्यमिक वि...
भूमी आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष पन्तद्धारा पदभार ग्रहण

भूमी आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष पन्तद्धारा पदभार ग्रहण

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–भूमि आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष नेत्र प्रकाश पन्तले पदभार ग्रहण गरेका छन् ।   आज(सोमबार) अध्यक्ष पन्तले औपचारीक कार्यक्रमका विच पदभार ग्रहण गरेका हुन् । पन्तलाई केही दिन अघि सरकारले आयोग अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष पन्तले भूमि सम्बन्धी अधुरा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।   पदभार ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा, एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, युवासंघका पुर्व अध्यक्ष बचन सिह, एमाले नेता रविन्द्र कुँवर, कल्पना चौधरी, बेलौरीका उपप्रमुख जोगराम चौधरी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेर सिंह धामीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधी सहितको सहभागिता रहेको थियो ।  ...
औषधि खरिद अनियमिताबारे अध्यक्ष साउदले भने ‘मेरो संलग्नता छैन्, छानबिनका लागि अनुरोध गर्छु’

औषधि खरिद अनियमिताबारे अध्यक्ष साउदले भने ‘मेरो संलग्नता छैन्, छानबिनका लागि अनुरोध गर्छु’

Breaking News 1, अर्थ, ट्रेन्डिङ, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माविमा औषधि खरिदमा अनियमिताको आरोपबारे वडाध्यक्ष अर्जुन सिंह साउदले आफ्नो ध्यानार्कषण भएको जनाएका छन् । उनले सरस्वती माविमा औषधि खरिदमा अनिमिताको आरोपबारे प्रकाशित समाचारको खण्डन गदैँ उक्त घटनामा आफ्नो संलग्नता नरहेको दावि गरेका छन् । सरस्वती माविमा सिटिईभिटी अन्र्तगत तीन लाखको औषधी खरिद गर्दा अनियमिता भएको विद्यालयकै शिक्षकहरुले आरोप लगाएका छन् । सोही आरोपबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका साउदले समाचारको खण्डन गदैँ मिलोमतोमा अनिमिता भएको शिक्षक र स्थानीयको आरोपबारे गम्भीर ध्यान आकर्षण भएको बताएका छन् । ‘घटनामा विद्यालय व्यवस्थापन समितिको कुनै पनि किसिमको सहभागिता तथा संलग्नता नरहेको प्रष्ट पार्दछौँ ।’ उनले भने ‘उक्त विषयको सम्बन्धित निकायबाट आवश्य...
चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ

चौध लाख बढि रकम चोरी गर्ने महिला र पुरुष पक्राउ

Breaking News 1, अर्थ, ट्रेन्डिङ, बागमती, मनोरञ्जन, सुदूरपश्चिम
महेन्द्रनगर–वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले चौध लाखबढि रकम चोरी गर्ने महिला र पुरुषलाई रकम सहित रंगेहात पक्राउ गरेको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोक स्थित साईमन पार्टि प्यालेसको कार्यालयबाट चोरी गरी फरार रहेका रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० का २२ बर्षिय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३की २९ बर्षिया पुजा श्रेष्ठलाई नगद रु १२ लाख ५२ हजार ५८० र तिन थान मोवाईल सहित रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिका नगरको होटलबाट प्रहरीले आईतबार पक्राउ गरेको हो । शुक्रबारदेखि चोरी गरी फरार दुबै जनालाई पक्राउ गर्न वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोग लिएको थियो ।   ईलाका प्रहरी कार्यालयमा चोरी भएको सूचना आउनेवित्तिकै प्रहरी परिचालन गरी...
दोधरा चाँदनी–६ मा एकैपटक सात सडक कालोपत्रेका योजना सुरु

दोधरा चाँदनी–६ मा एकैपटक सात सडक कालोपत्रेका योजना सुरु

Breaking News 2, अर्थ, ट्रेन्डिङ, सुदूरपश्चिम
महेन्द्रनगर -कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–६ मा सडक कालोपत्रे गर्न सुरु गरिएका छन् । वडाका विभिन्न सडकहरु कालोपत्रे गर्न वडा कार्यालयले योजना सुरु बढाएको हो । वडा अध्यक्ष ओम बस्नेतले एकैसाथ वडामा विभिन्न टोलमा सात वडा सडक कालोपत्रे गर्न काम सुरु गरिएको बताए । उनका अनुसार सडक ग्राभेलसँगै पानी पिच गरि सडक कालोपत्रे गरिनेछ । उनका अनुसार सोनाखरी–संगम चोक हुदैँ बोगटी टोलसम्म दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्रेका लागि काम भईरहेको छ । त्यस्तै संगम चोक देखि गलमेली टोलसम्म पाँच सय मिटर सडक कालोपत्रे हुदैँछ, भने गुरुङ्ग टोलमा चार सय मिटर र प्रधान टोलमा पाँच सय मिटर सडक कालोपत्रे गर्ने योजना छ । त्यस्तै भैरवथान–पत्थरनाला पाँच मिटर, पथ्थरनाला– बन्दाघाटसम्म दुई सडक मिटर सडक कालोपत्रेका लागि ठेक्कामार्फत काम अघि बढेको छ । मिलन चोक देखि फिल्म हलसम्म दुई सय मिटर सडक कालोपत्रे काम भईरहेको वडा...
रचनात्मक कार्यको लागी भीमदत्त नगरपालिकामा उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन

रचनात्मक कार्यको लागी भीमदत्त नगरपालिकामा उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन

Breaking News 2
दोधारा । भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन भएको छ् । भीमदत्त नगरपालिकाको सभा हलमा आज सम्पन्न भएको उत्थानशील युवा सञ्जाल गठन तथा परिचालन कार्यक्रमले उत्तम सुनारको संयोजकत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । उत्थानशील युवा सञ्जाल गठन तथा सञ्चालन कार्यविधि अनुसार नयाँ कार्य समिति चयन गरिएको छ् । जसमा पुरुष सहसंयोजकमा नरेश बिसि र महिला सहसंयोजकमा मनिषा महता चयन हुनुभएको छ् । त्यस्तै प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरि एक–एक जना सदस्य चयन भएका छन् । जसमा सुशिला खत्री धामी, मञ्जु कुमारी जोशी भट्ट, सौरभ सिाह, दिनेश बिष्ट, सहदेब साँउद, सुमन ओड, रेखा धामी, राधिका कुँवर, ईश्वरी सार्की, रिना थापा, हेमन्ती महर, विरेन्द्र ओड, सिमा सार्की, पञ्कज भट्ट, विवेक साँउद, समिक्षा जैरु र अमर सिंह चौधरी चयन भएका छन् । त्यस्तै एक जना संस्थाबाट प्रतिनिधी सदस्य र...
दोधारा चाँदनी– २ मा जेष्ठ नागरिकहरुलाई सम्मान सहित न्यानो लुगा

दोधारा चाँदनी– २ मा जेष्ठ नागरिकहरुलाई सम्मान सहित न्यानो लुगा

Breaking News 1
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सामाजिक दायित्व र ज्येष्ठ नागरिकको सम्मानका लागी जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो लुगा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयको आयोजनामा वडामा बसोबास गर्ने ९१ जना जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो कम्वल (ब्लेङकेट) बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । वडाका जेष्ट नागरिक हाम्रा जन्मदाता तथा जिउादा ईतिहास भएकाले उनिहरुको मनोवल उच्च राख्न सम्मान सहित न्यानो कम्वल बितरण गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभयो । जेष्ठ नागरिकको स्वास्थ्य तथा उनिहरुले पाउने भत्ता लगाएत समाज तथा घरपरिवारमा स–सम्मान बाँच्न पाउने अधिकारका लागि वडा सधै लागिपरिरहेको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । वडा कार्यालयले सधैको बर्ष जस्तै यस वर्ष पनि जेष्ठ नागरिकलाई न्यानो लुगा बितरण तथा सम्मान गरेको उहाँले ब...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज