पप्पु गुरुङ्ग, दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको कार्य क्षेत्रको अनुगमन गरिएको छ् । डीसीए हेडक्वाटर डेनमार्कबाट आउनु भएका मिक्केल रेदर पौलसेन र किरा पेटरसेन, डीसीए नेपालको टोली र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को टोली, समुदाय र स्थानियबासी, पालिकाले संयुक्त रुपमा स्थलगत अनुगमन गरेको हो । परियोजनाले विपद् पूर्वतयारी तथा प्रतिकार्य साथै स्थानियबासीहरुको जीविको पार्जन लगाएत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले परियोजनाको कार्यक्रमबाट डीसीए हेडक्वाटर डेनमार्कको टोली, डीसीए नेपालको टोली, नगरपालिका र समुदाय सन्तुष्ट पाईएको बताउदै आगामी दिनमा पालिका संगको सहकार्यमा थप कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
डीसीए डेनमार्कका कोष अभिवृद्धि सल्लाहकार किरा पेटरसेनले विपद् व्यवस्थापन, पूर्वतयारी, प्रतिकार्य साथै युवा परिचालनमा परियोजनाले गरेका महत्वपूर्ण कार्यबाट डीसीए प्रभावित भएको बताउनुभयो । डीसीएका नेपाल प्रमुख सम्झना बिष्टले विपद् व्यवस्थापन साथै विपद् जोखिम न्यूनिकरणमा लामो समयदेखि काम गर्दै आएको बताउनुभयो । उहाँले स्थानीय पालिकाको सहयोगले मात्र समुदायलाई उत्थानशील बनाउने दिशामा महत्वपूर्ण काम गर्न सम्भव भएको तर्क गर्नुभयो ।
अवलोकनपछि टोलीले दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र साथै उत्थानशील युवा सञ्जाल संग छलफल गरेको थियो । छलफलका क्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले विपद् व्यवस्थापन विशेष गरी पूर्वतयारीमा परियोजनाले महत्वपूर्ण काम गरेको बताउनुभयो । नगरप्रमुख किशोर कुमार लिम्बुले राहत वितरण कार्यमा पनि सुदृढ परियोजनाले ठूलो सहयोग गरेको बताउनुभयो ।
नगरप्रमुख लिम्बुले आगामी दिनमा थप कार्यक्रमका लागि सहकार्य गर्न पालिका तत्पर रहेको बताउनुभयो । टोलीले भीमदत्त नगरपालिकामा परियोजनाको सहयोगमा युवा उद्यमीले सञ्चालन गरेको गड्यौला मल उद्योगको अवलोकन गरेको थियो ।
साथै भीमदत्त नगरपालिका बजार क्षेत्रमा रहेको भीम वाटिका र ईको पार्क क्षेत्रको समेत अनुगमन गरेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।