डिसीएको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको कार्य क्षेत्रको अनुगमन
पप्पु गुरुङ्ग, दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको कार्य क्षेत्रको अनुगमन गरिएको छ् । डीसीए हेडक्वाटर डेनमार्कबाट आउनु भएका मिक्केल रेदर पौलसेन र किरा पेटरसेन, डीसीए नेपालको टोली र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को टोली, समुदाय र स्थानियबासी, पालिकाले संयुक्त रुपमा स्थलगत अनुगमन गरेको हो । परियोजनाले विपद् पूर्वतयारी तथा प्रतिकार्य साथै स्थानियबासीहरुको जीविको पार्जन लगाएत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले परियोजनाको कार्यक्रमबाट डीसीए हेडक्वाटर डेनमार्कको टोली, डीसीए नेपालको टोली, नगरपालिका र समुदाय सन्तुष्ट पाईएको बताउदै आगामी दिनमा पालिका संगको सहकार्यमा थप कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको बताउन...











