दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ५ दिने निशुल्क आँखा शिविर सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय, च्यारेटी हेल्थ फाउण्डेशन आर्थिक सहयोग, धनगडी नेत्रालयको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको आयोजनामा आज देखि दोधारा चाँदनी नगरपालिकामा ५ दिने निशुल्क आँखा शिविर संचालन गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६, ७, ८, ९ र १० सेवा क्षेत्र रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले ५ दिने आँखा शिविर संचालन गरेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । नेपाल रेडक्रस सोसाईटी उपशाखाले बिगत ४ वर्ष देखि यसै समयमा निशुल्क आँखा शिविर संचालन गर्दै आएको सभापती राजेन्द्र मल्लले बताउनुभयो । यस क्षेत्रमा आँखाका रोगीहरुको संख्या बढी भएको हुदा आँखा शिविरलाई महत्वको साथ संचालन गर्नु पर्ने भएको सभापती मल्लले बताउनुभएको छ् ।
गत वर्ष शिविरमा ९ सय आँखाको बिरामीहरुले शिविरको सिफारिसमा धनगढीमा निशुल्क आँखाको शल्यक्रिया गरेको तथ्यांक रहेको उहाँले बताउनुभयो । आँखा शिविरको उद्धघाटन सत्रमा बोल्दै शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले गत बिगतको शिविरको अवस्था हेर्दा ठुलो संख्यामा आँखाको बिरामीहरु देखा परेको बताउनुभएको छ् । शिवर संचालन हुन पुर्वमा दिनहरुमा स्थानियबासीहरु सिमावर्ती भारतिय शहरका अस्पताल लगाएत टाढा गएर खर्चिलो उपचार गर्ने समस्या अहिले आएर हटेर गएको प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् ।
आँखा शिविरबाट अति गरिव, विपन्न, दलित तथा पछाडी परेका समुदायको नागरिकले प्रत्यक्ष लाभ पुग्ने शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । आँखा शिविर संचालन गर्न सबैले सहयोग गरेको भन्दै नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखालाई प्रदेश सभा सदस्य राना मगरले बिशेष धन्यबाद दिनुभएको छ् ।
आँखामा मोतियाबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका रोगीहरुलाई छनौट गरि धनगढी नेत्रालय प्रालि. आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले जनाएको छ् ।
घर आँगनमा निशुल्क आँखा शिविर संचालनमा आएपछि स्थानियबासीहरुले खुशी ब्यक्त गरेका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।