हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीमा पदम बहादुर सिह चयन
दोधारा । दोधारा चाँदनी नगरपालिका ४ स्थित हिमायलय मध्यवर्ती उपभोक्ता समूहको अध्यक्षमा पुनः पदम बहादुर सिह चयन भएका छन् ।
समितिको समिति पुनः गठन भेलाबाट सिहको अध्यक्षमा १२ सदस्यीय समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा लक्ष्मी देवी सिह, सचिव किशोर आग्री र कोषाध्यक्ष धनसरा चन्द चयन भएका छन् ।
समितिका अध्यक्ष सिहको अध्यक्षतमा गरिएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशी, दोधारा चाँदनी नगरपालिका वडा नं. २ का अध्यक्ष पदम बहादुर रावल, कार्यपालिका सदस्य बिन्दु मोर, वडा नं. ३ का वडा सदस्य दिपक महता, नेपाली काँग्रेस दोधारा चाँदनी नगर समितिका उप सभापति करन बहादुर सिंह,...













