Advertisement

दोधारा चाँदनीमा झण्डै १४ किलोमिटर पक्की सडक निर्माण हुदै, स्थानियबासीहरुमा खुशीयाली

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका ग्रामिण भेगका कच्ची सडक पक्की सडक बन्न थालेपछि स्थानियबासीहरु हर्षित भएका छन् । संघीयता आउनु भन्दा पहिला पक्की सडकबाट विमुख रहेका दोधारा चाँदनी नगरपालिकाका कच्ची सडकहरु पक्की सडक सञ्जालमा जोडिन थालेको स्थानियबासीहरुले बताएका छन् । अहिले दोधारा चाँदनीको वडा नं. ७ मा संघिय सरकारको आयोजनामा ३ किलोमिटर पक्की सडक निमार्ण क्रममा रहेको छ् । शहरी बिकास मन्त्रालय योजनामा नगर क्षेत्रको बिभिन्न वडाहरुमा ७ किलोमिटर सडक निमार्ण संचालनमा रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । शहरी बिकास मन्त्रालयको योजनामा पक्की सडक निमार्ण मात्र नभई वडा नं. २ मा रहेको खेल मैदानमा ४ कोठे आय आर्जन भवन संगै प्याराफिट निर्माण, वडा नं. ७ को बाबाथान बजारमा ८ कोठे आय आर्जन भवनको निमार्ण कार्य दु्रत गतीमा सुरु भईरहेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

शहरी बिकास मन्त्रालयबाट ७ किलोमिटर पक्की लगाएत संघिय, प्रदेश सरकार संग नगरपालिकाको मेचिङ कोषबाट ७ किलोमिटर गरि नगरपालिकाको बिभिन्न वडाहरुमा चालु आर्थिक वर्षमा झण्डै १४ किलोमिटर साना, ठुला पक्की सडक योजनाको निमार्ण कार्य संचालनमा रहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सडकको पहुँच नभएको सबै वडा टोल, बस्तीमा सडक सञ्जाल संग जोड्ने काम भईरहेको नगर प्रमुख लिम्बुले बताउनुभयो । आफुहरु निर्वाचित भएपछि पहिलो काम सडक विस्तारलाई प्राथमिकतामा राख्दै आएको नगर प्रमुख किशोर कुमार लिम्बुको भनाई रहेको छ् ।

अहिले निमार्ण भईरहेको बिकास निमार्ण कार्यको स्थलगत अनुगमन गर्ने स्थानियबासीहरु संग भेट गर्ने कार्यमा जनप्रतिनिधीको टोलीले तिब्रता दिएका छन् । सडक सञ्जालको विकासले सामाजलाई जोड्नुका साथै स्थानिय उत्पादनलाई बजारिकरण गरी जनताको आय आर्जनमा सहयोग पुगेको स्थानिबासीहरुको भनाई रहेको छ् ।

यस कार्यले दुर्गमलाई सुगममा परिवर्तन गरी आर्थिक समृद्धि कायम गर्न सहजता हुनेमा बिश्वास गरिएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज