पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा तिन महिने निशुल्क आधारभुत कम्प्युटर तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको सहयोग र देवल ईन्च्युट अफ टेक्नोलोजीको आयोजनामा वडामा बसोबास गर्ने ५० जना बिद्यार्थीहरुलाई ३ महिने निशुल्क आधारभुत कम्प्युटर तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार वडामा बसोबास गर्ने गरिब, विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई आधारभुत कम्प्युटर तालिम संचालन गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो ।
आधारभूत कम्प्युटर शिक्षा र प्रविधीमा स्थानियबासीहरुको पहुँच बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो । दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन गुणस्तरीय शिक्षाका लागि निशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । आजको युग, विज्ञान र प्रविधिको युग भएको हुदा कम्प्युटर शिक्षा अपरिहार्य भएको बताउदै वडाध्यक्ष खत्रीले कम्प्युटरमा पछि पर्ने मान्छेले समय सापेक्ष प्रगती गर्न नसक्ने बताउनुभयो ।
तालिमका एक सहभागी तथा भानु बहुमुखी क्याम्पसका छात्रा दिया राना खत्रीले वडा कार्यालयले समय सापेक्ष संचालन गरेको तिन महिने आधारभुत कम्प्युटर तालिम प्रशंसनिय रहेको बताउनुभयो । बिद्यार्थीहरुलाई कम्प्युटर शिक्षा अनिवार्य भएको अवस्थामा वडा कार्यालयको आगामी निशुल्क एडवान्स कम्प्युटर तालिम संचालन गर्न वडाध्यक्षलाई तालिमका सहभागी दिया राना खत्रीले आग्रह गर्नुभएको छ् ।
पहिलो पटक वडा कार्यालयबाट ठुलो संख्यामा बिद्यार्थीहरुलाई निशुल्करुपमा आधारभुत कम्प्युटर तालिम संचालन गरेको भन्दै तालिममा सहभागीहरुले वडाध्यक्ष तथा वडा सदस्यहरुलाई धन्यबाद दिएका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।