Advertisement

मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई सचेत गराउदै माईती नेपाल

Advertisement

पप्पु गुरुङ्ग, दोधारा । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपालले कञ्चनपुरको दोधारा चाँदनीमा सचेतनामुलक कार्यक्रम सम्पनन गरेको छ् । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत माईती नेपाल कञ्चनपुरले बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको एक दिने सचेतनमुलक कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ स्थित शंरक पार्वती माध्यमिक बिद्यालयका कक्षा ९ र १० का बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभयो । मानव बेचबिखन बिरुद्ध किशोरीहरु मार्फत समुदाय स्तर सम्म चेतना अभिबृद्धि गर्ने उद्धेश्यले हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा माइती नेपालले किशोरीहरुलाई कानुनी अनुशिक्षणको आयोजना गरिएको संयोजक भट्टले बताएकी छन् । मानब बेचबिखन तथा ओसार पसार, कानुनी उपचारको बारेमा र माईती नेपालले मानव बेचबिखनका बिरुद्धमा गर्दै आएको प्रयासको बारेमा जानकारी गराईएको उहाँले बताउनुभएको छ् ।

मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्री गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अंग झिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको र यसका कानुनी उपचारको बारेमा प्रशिक्षण बारे सहभागी बिद्यार्थीहरुलाई जानकारी गराईएको छ् । दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको ठुला प्रान्त उत्तर प्रदेश र उत्तराखण्डको खुला सिमा क्षेत्र रहेको हुदा मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेको क्षेत्र रहेको हुदा स्थानियबासीहरुलाई सचेत गर्नु आवश्यक रहेको आवश्यक रहेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् । सचेतनामुलक कार्यक्रममा शंकर पार्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक पुरुषोत्तम पन्तले माईती नेपाल कञ्चनपुरले संचालन गरेको बिद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम निकै लाभप्रद रहेको बताउनुभएको छ् ।

बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, आफु कसरी सचेत हुनु पर्छ, कानुनी उपचारको बारेमा बिद्यार्थीहरुलाई सचेत गरिएको प्रभानध्यापक पुरुषोत्तम पन्तले बताउनुभएको छ् । आगामी दिनहरुमा माईती नेपालले सामाजलाई सजग बनाउने यस्ता कार्यक्रम बिद्यार्थीहरुलाई संचालन गर्न समेत उहाँले माईती नेपाललाई आग्रह गर्नुभएको छ् ।

कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला तथा वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवम् श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

महेन्द्रनगर - डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कु...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   ...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्या...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज