दोधारा । दोधारा चाँदनी नगरपालिकाले आज बिहान बाघको आक्रमणमा परि मृत्यु भएका हिरा शाहीको परिवारलाई राहत दिने निर्णय गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको विपद् ब्यवस्थापन समितिको आजको बैठकले दोधारा चाँदनी नगरपालिका– २ मा बाघको आक्रमणमा परि मृत्यु भएका हिरा शाहीको परिवारलाई राहत स्वरुप रु. ५० हजार रकम दिने निर्णय गरेको दोधारा चाँदनी नगरपालिकामा मेयर किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । बिहीबार बिहान १० बजे तिर बाघको आक्रमणबाट दोधारा चाँदनी नगरपालिका– २, कमला शाही टोलकी अन्दाजी २३ बर्षिया हिरा शाहीको मृत्यु भएको हो ।
धान गोड्ने क्रममा धान खेतको उखुवारीवारीबाट आएको बाघको आक्रमणबाट हिरा शाहीको मृत्यु भएको हो । मृतक शाहीको ज्यान लिने बाघलाई नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्ती सहित ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ् । राती परेका कारण बाघ नियन्त्रण ल्याउन सकिएको छैन् । लगातार बाघ नियन्त्रण ल्याउन प्रयास गरे पनि सुरक्षा टोली आज असफल भएको छ् ।
रातको समयमा खोजी कार्यमा समस्या हुने भएकाले भोली बिहानबाट खोजी कार्य गर्ने सुरक्षा अधिकारीहरुले जनाएको छ् । राति हात्ती सहितको सुरक्षाकर्मीको टोलीले उखुवारी क्षेत्रमा पहरा दिदै आएको छ् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।