दोधारा चाँदनी नगरपालिकाले हिराका परिवारजनलाई राहत दिने
दोधारा । दोधारा चाँदनी नगरपालिकाले आज बिहान बाघको आक्रमणमा परि मृत्यु भएका हिरा शाहीको परिवारलाई राहत दिने निर्णय गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको विपद् ब्यवस्थापन समितिको आजको बैठकले दोधारा चाँदनी नगरपालिका– २ मा बाघको आक्रमणमा परि मृत्यु भएका हिरा शाहीको परिवारलाई राहत स्वरुप रु. ५० हजार रकम दिने निर्णय गरेको दोधारा चाँदनी नगरपालिकामा मेयर किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । बिहीबार बिहान १० बजे तिर बाघको आक्रमणबाट दोधारा चाँदनी नगरपालिका– २, कमला शाही टोलकी अन्दाजी २३ बर्षिया हिरा शाहीको मृत्यु भएको हो ।
धान गोड्ने क्रममा धान खेतको उखुवारीवारीबाट आएको बाघको आक्रमणबाट हिरा शाहीको मृत्यु भएको हो । मृतक शाहीको ज्यान लिने बाघलाई नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्ती सहित ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ् । राती परेका कारण बाघ नियन्त्रण ल्याउन सकिएक...













